site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली याक्सले भित्र्यायो बाबर हायतलाई

काठमाडौं । हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रूपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ ।

बुधबार कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि ३२ वर्षीय खेलाडीलाई भित्र्याएको हो । योसँगै दाँया हाते ब्याटर बाबर हायतले आगामी लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् ।

बाबरले हङकङको लागि ७९ टी–२० आई खेलमा एक हजार ९१० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई शतक र १० अर्धशतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै ११० रन बनाएका थिए ।

बाबरको आगमनले टोली थप मजबुत भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । “बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबत भएको मानेको छु,” प्रशिक्षक मल्लले भने, “उनले नेपालमा धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपीएलमा देखिने आशा गर्छौँ ।”

कर्णालीले पहिलो विदेशी खेलाडीको रूपमा यसअघि पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ । तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए ।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

१५ मंसिरदेखि ६ पुससम्म हुने प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro