site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडका प्रशिक्षक बर्खास्त

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ । सोमबार क्लबको बोर्ड बैठकले मुख्य प्रशिक्षक टेन हागलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रिमियर लिगमा स्वाभाविक लयका निम्ति संघर्षरत युनाइटेडले आइतबार राति भएको खेलमा वेस्ट ह्यामसँग २–१ को हार बेहोरेको थियो ।

Dabur Nepal
NIC Asia

टेन हागले म्यान्चेस्टर युनाइटेडको प्रशिक्षकको भूमिका साढे दुई वर्ष सम्हाले । बोर्ड बैठकले टेन हागको सहायकका रूपमा क्लबमा आबद्ध भएका रुड भान निस्टेलरोयलाई अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त पनि गरेको छ ।

वेस्ट हामसँग पराजित भएसँगै युनाइटेड प्रिमियर लिगको १४औँ स्थानमा छ । जारी लिगका नौ खेलमा म्यान्चेस्टर युनाइटेडले तीन खेलमा जित हात निकाल्दा चार खेलमा पराजित भएको छ । युरोपा लिगमा पनि ३६ टिममध्ये म्यान्चेस्टर युनाइटेड २१ औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro