काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरूलाई मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, ट्रेनर तथा लाइफ कोच रविन कटुवाललगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा देशभरबाट ५०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीको ब्रान्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली)ले अभिकर्तामार्फत सामाजिकरूपमा सेवा प्रदान गराउँदै व्यावसायिकरूपमा अर्थाेपार्जन गर्न सकिने बताए । उनले महिलाहरूले गृहिणीको रूपमा मात्र सीमित नरही व्यावसायिकरूपमा अभिकर्तामार्फत र आत्मनिर्भर र सामाजिक रूपान्तरण गर्न आग्रह गरेकी थिइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अहिलेको डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे । उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरूलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्नेबारे बोले ।
साथै, उनले आफ्ना अभिकर्ताहरूलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरू ल्याउन काम गरिरहेको जानकारी दिए ।