site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् ।

खेलको ३१औँ मिनेटमा भारतीय गोलकिपरले उत्कृष्ट बचाउ गर्दा नेपालले अग्रताको सुनौलो अवसर सदुपयोग गर्न सकेन ।

पेनाल्टी बक्स बाहिरबाट सावित्रा भण्डारीले गरेको सशक्त प्रहार भारतीय गोलकिपर देवी वान्खेमले मुश्किलले बचाइन् । सोही रिबाउन्डमा अमिषा कार्कीले गरेको प्रहारमा पुनः वान्खेमले बचाएपछि नेपालले अग्रता बनाउन सकेन ।

आजको खेलको विजेताले उपाधिका निम्ति साविक विजेता बंगलादेशसँग खेल्ने छ । यसअघि आजैको पहिलो सेमिफाइनमा बंगलादेशले भुटानविरुद्ध ७–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro