site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बक्यौता नउठाई हस्तक्षेप गरे डटेर विरोध गर्ने विद्युत् प्राधिकरणका कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियनले बक्यौता नउठाएर हस्तक्षेप गरे आफूहरूलाई सह्य नहुने चेतावनी दिएका छन् । उद्योगी तथा व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिरेसम्म लाइन जोड्न नहुने उनीहरूको माग छ ।

आइतबार एक विज्ञप्तिमार्फत प्राधिकरण सम्बद्ध कर्मचारी युनियनले सामान्य ग्राहकको हकमा महसुल नतिरे ६० दिनमा लाइन काट्ने गरेको तर केही ग्राहकले महसुल नतिरेर ऐन, नियम र कानुनबाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरेर थप विवाद सिर्जना गरेको बताएका छन् ।

प्राधिकरणमा क्रियाशील नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र प्राधिकरण कर्मचारी कल्याण परिषद्ले प्राधिकरणलाई विखण्डन गर्ने सरकारी नीतिबाहेक अन्य हस्तक्षेप तथा संस्थालाई हानी नोक्सानी हुने राजनीतिक अभ्यासको डटेर विरोध गर्ने जनाएका छन् ।

देशमा चरम विद्युत् अभाव भएर आमजनता अन्धकारमा रहेका बेला केही ग्राहकले प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् सप्लाई लिएको र सप्लाई लिएबापत विद्युत् महसुलमा लाग्ने अतिरिक्त शुल्क तिर्न विवाद गरेको उनीहरूको भनाइ छ ।

उद्योगीले बक्यौता रकम नबुझाएसम्म बिजुली लाइन नजोड्न र नियमानुसार असुलउपर गर्न उनीहरूको आग्रह छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro