site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आफ्नै घरमा स्तब्ध रियाल, शीर्ष स्थानमा बार्सिलोनालाई ६ अंकको अग्रता

काठमाडौं । रोवर्ट लेवान्डोवस्कीले दुई मिनेटभित्र तीन गोल गरेपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले रियाल मड्रिडलाई उसैको घरमा ४–० ले पराजित गरेको छ ।

शनिबार राति सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा क्याटालन क्लबलाई जित दिलाउन लेवान्डोवस्कीले दुई गोल गरे । यस्तै, युवा फरवार्ड लामिन यमल र राफिन्हाले समान एक गोल थपे । च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखलाई ४–१ ले हराएको तेस्रो दिनमै बार्सिलोनाले रियाललाई उसैको घरमा स्तब्ध बनाएको हो ।

Dabur Nepal
NIC Asia

खेलको सबै गोल दोस्रो हाफमा भएको थियो । ५४औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि लेवान्डोवस्कीले नै पाहुना टिमको अग्रता दोब्बर बनाए ।

७७औँ मिनेटमा यमलको गोलमा बार्सिलोनाले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले ४–० को जित पक्का गरेको हो ।

जितसँगै बार्सिलोनाले तालिकाको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । तालिकाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले ११ खेलबाट ३० अंक जोडेको छ । बार्सिलोनाले १० खेलमा जित र एक खेलमा हारको नतिजा आत्मसाथ गरेको छ ।

समान खेलबाट २४ अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा छ । रियालले सात खेलमा जित निकाल्दा तीन खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ । लिगमा रियालको यो पहिलो हार समेत हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro