site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरकारी र फलफूल व्यापारीले मागे माफी
Tiktok banner adTiktok banner ad

काठमाडौं । गएको असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन् । नेपाल फलफूल थोक व्यवसायी संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आफूहरूबाट अन्जानमा असहयोग भएको र आउँदा दिनमा गल्ती नदोहोरिने प्रतिबद्धतासहित माफी मागेको हो ।

संघका अध्यक्ष अम्मर बानियाँले उक्त दिन अनुगमनमा गएको टोलीलाई व्यापारीले अन्जानमा असहयोग र नाराबाजी गरेकाले क्षमायाचना गरिएको बताए । “गत असोज २० गते नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समेत उपस्थित रहनुभएको सरकारी बजार अनुगमन टोलीलाई व्यापारीहरूले असहयोग गर्दै नाराबाजी गरेको घटनाप्रति हामी व्यापारीहरूको तर्फबाट क्षमायाचना गर्दर्छौँ,” विज्ञप्तिमा भनिएको छ, “आगामी दिनमा हामीबाट यस्ता अवाञ्छित गतिविधिहरू नदोहोरिने प्रतिबद्धता गर्दै व्यापार, व्यवसाय सञ्चालनका क्रममा नेपालको प्रचलित कानुनानुसार सबै मापदण्डहरू पूरा गर्ने र विगतमा भएका कमजोरी पूर्ण रूपले सुधार गर्ने विश्वास दिलाउन चाहन्छौँ ।”

त्यस दिन कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजारमा अनुगमन गर्दा अधिकांश व्यापारीले बिल बिजकबिना नै कारोबार गरिरहेको, मूल्यसूची नराखेको, अस्वाभाविक मूल्यमा सामग्री बिक्री–वितरण गरेको तथा कालीमाटीस्थित माछा पसलहरूमा सरसफाइ नगरेको पाइएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समेत छड्के अनुगमनमा गई त्यहाँका दुई पसललाई कारबाही गर्न निर्देशन दिएर फर्किएपछि व्यापारीले अनुगमन टोलीलाई दुर्व्यवहार गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्रालयमा शनिबार भएको छलफलमा व्यापारीले सरकारका काममा सम्पूर्ण सहयोग गर्ने र उनीहरूका उचित समस्याको सम्बोधन गरिने समझदारी समेत भएको छ । मन्त्री भण्डारीले सरकारको नियमानुसार व्यापार, व्यवसाय गर्न सबैलाई आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro