site stats
बाह्रखरी :: Baahrakhari
देश
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थितरूपमा चाडपर्व मनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका छन् ।

Argakhachi Cement Island Ad

जिप्रका काठमाडौंले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

“कानुनले निषेध गरेका गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही गरिने बेहोरा समेत सूचित गरिन्छ,” सूचनामा भनिएको छ ।

तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौंले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्