site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४२० प्रतिशतले नाफा बढाएको लक्ष्मी सन्‌राइज बैंकको खराब कर्जा ५.४४ प्रतिशत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सन्‌राइज बैंकको नाफामा ४२०.५३ प्रतिशतले वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जनगरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा १० करोड ३० लाख रुपैयाँ थियो । बैंकको गत वर्षको तीन महिनाको नाफाभन्दा चालु वर्षको तीन महिनाको नाफा ५.२० गुणाले बढेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत आर्थिक वर्षको पहिलो तीन महिनाको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९० पैसा थियो भने अहिले बढेर ९ रुपैयाँ २५ पै सा भएको छ ।

तर, बैंकको खराब कर्जामा भने सुधार देखिएको छैन । गत वर्षको तीन महिनाको तुलनामा बैंकको खराब कर्जा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत थियो भने अहिले बढेर ५.४४ प्रतिशत पुगे को छ ।

Royal Enfield Island Ad

बैंकको ब्याज आम्दानी घटेको छ । गत वर्षको तीन महिनामा नौ अर्बभन्दा बढी ब्याज आम्दानी गरेको यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा सात अर्ब ७२ करोड रु पैयाँ ब्याज आम्दानी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro