site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयात 'ठप्प' हुँदा पनि बजारमा कहाँबाट आइरहेको छ सुन ?
SkywellSkywell

काठमाडौं । सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनायो । यसरी सुनको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदा पनि सुनचाँदी व्यवसायीहरूमा भने सन्तुष्टि छैन ।

नेपाली बजारमा अहिले सुनको माग बढ्ने बेला हो । नेपाल राष्ट्र बैंकले २० केजी सुन आयात गर्न वाणिज्य बैंकलाई स्वीकृति दिएको छ । तर, दैनिक यो सुनको मात्राले बजार धान्दैन ।

नेपालको सुन भन्सारदर बढी भएकाले बजारमा छिमेकी राष्ट्रबाट सुन अवैधरूपमा भित्रिने गरेको व्यवसायीहरू नै बताउँछन् । बैंकहरूले पाएको कोटामा पनि अहिले सुन आयात भएको छैन । तर, पनि बजारमा सुनको अभाव छैन ।

KFC Island Ad
NIC Asia

बजारमा भारतीय बजारबाट अवैधरूपमा सुन र सुनका तयारी गहना नेपाल आउँदा बजारमा सुनको अभाव नभएको व्यवसायीहरू बताउँछन् । नेपालको भन्सारदर बढी भएकाले पनि महँगो सुन व्यवसायीले किनेका छैनन् । अहिले नेपालको सुनमा भन्सारदर २० प्रतिशत छ ।

तर, भारतमा भने सुनमा भन्सारदर ६ प्रतिशतमात्र रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् । नेपालको भन्सारदर बढी भएकाले पनि अहिले बैंकले सुन आयात नगरेको उनी बताउँछन् । महँगो सुन व्यवसायीले नै नकिनेपछि बैंकहरूले सुन आयात नगरेको उनको भनाइ छ । तर, पहिले नै ल्याएको सुन बाँकी रहेकाले पनि काम चलाइएको उनको भनाइ छ ।

“अहिले बैंकहरूले २० केजी सुन आयात गर्न पाउने व्यवस्था छ । तर, बैंकहरूले आयात गरिरहेको अवस्था छैन,” उनले बाह्रखरीसित भने, “पुरानो गहना बजारमा आउने गरेको र पहिलेकै १८० केजी बाँकी बजारमा रहेकाले त्यसैले काम चलाएको अवस्था छ ।”

सुनको भन्सारदर बढी भएकाले पनि बैंकले आयात गरेको सुन व्यवसायीले खरिद नगरेको रसाइली बताउँछन् । भन्सारदर सरकारले नघटाए आफूहरूले बैंकले आयात गर्ने सुन खरिद नगर्ने उनी बताउँछन् ।

बजारमा छिमेकी देशबाट अवैधरूपमा सुन भित्रिएकाले नेपालमा प्रशस्त सुन रहेको नेपाल रत्न तथा आभूषणसंघका अध्यक्ष सुनम मान ताम्राकार बताउँछन् । छिमेकी देशसँग राम्रो सम्बन्ध भएका सुनचाँदी व्यवसायी अहिले रमाएर कारोबार गरिरहेको पनि उनले बताए ।

यसमा सरकारी पक्षले ध्यान नदिँदा सुनचाँदी व्यवसायमा सहजरूपमा सोझो हिसाबले सुनको व्यवसाय गर्नेहरूलाई समस्या परेको ताम्राकार बताउँछन् ।

“अहिलेको अवस्थामा पनि सुनको डिमान्ड प्रशस्त छ । तर, वैधानिक तवरले बजारमा सुन आयात नभएको भए पनि अभाव भने छैन,” ताम्राकारले बाह्रखरीसित भने, “यसको कसैले अनुगमन पनि गरेको अवस्था छैन । यसको मार वास्तविक व्यवसायीलाई परेको छ । अवैधरूपमा सुन भित्र्याउने भने रमाएका छन् ।”

भारतीय बजारमा सुनको भन्सार कम हुनु र नेपालमा बढी हुँदा अवैधरूपमा सुन भित्रिने गरेको उनको भनाइ छ । भारत र नेपालमा सुनको मूल्यको मूल्यमा १७–१८ हजारको फरक पर्ने गरेको उनले बताए ।

सरकारले सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो । यो भन्सारदर बढी भएको भन्दै व्यवसायीले हेरफेर गर्न सरकारसँग माग गर्दै आएका छन् । त्यस्तै, बैंकले आयात गर्ने सुनको कोटा पनि बढाउनुपर्ने व्यवसायीको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro