site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेखा र प्रीति चम्किँदा नेपाल सेमिफाइनल नजिक, माल्दिभ्स बाहिरियो

काठमाडौं । रेखा पौडेल र प्रीति राईको ह्याट्रिकमा नेपालले माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित निकाल्दै साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइन सम्भावना बलियो बनाएको छ । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई फराकिलो जित दिलाउन रेखाले पाँच गोल गरिन् । यस्तै, प्रीति राईले ह्याट्रिक गर्दा सविता रानामगर, अनिता केसी र अमिषा कार्कीले एक–एक गोल गरिन् ।

खेलको अधिकांश समय आक्रमण बुनेको नेपालाई छैटौँ मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन् । २९औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर बनाइन् । सविताले राइट साइड बक्स बाहिरबाट ‘सेकेन्ड बार’ मा उत्कृष्ट गोल गरिन् ।

Dabur Nepal
NIC Asia

NepalvsMaldives-(6)-1729517746.jpg
३२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अग्रतामा राखिन् । राइट साइडबाट रश्मिले निकालेको क्रसमा रेखाले सहजै गोल गरिन् ।

४२औँ मिनेटमा रेखाले दोस्रो गोल गर्दा नेपालले अग्रताालाई ४–० मा पुर्‍यायो । लेफ्ट साइडबाट सविताले निकालेको क्रसलाई सहजै नियन्त्रणमा लिँदै रेखाले बललाई जाली चुमाइन् ।

४८औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रतालाई ५–० मा पु‍र्‍याइन् । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको यो पहिलो ह्याट्रिक हो । 

NepalvsMaldives-(5)-1729517745.jpg
६३औँ मिनेटमा रेखाले बक्सभित्र पाएको बल नियन्त्रणमा लिँदै ‘वान भर्सेस वान’मा माल्दिभ्सकी गोलकिपरलाई सहजै बिट गर्दै अग्रतालाई ६–० मा पुर्‍याइन् ।

त्यसको दुई मिनेटपछि नै प्रीति राईले गोल गर्दै नेपालको अग्रतालाई ७–० मा राखिन् । रेखाले राइट साइड बक्सबाट निकालेको पासमा प्रीतिले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट ‘टप कर्नर’ गोल गरिन् ।

६८औँ मिनेटमा ‘सब्सिच्युट’ अनिताले गोल गर्दै नेपालको अग्रतालाई ८–० मा पुर्‍याइन् । अनिताले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गरेकी हुन् । उनी ६७औँ मिनेटमा रश्मिकुमारी घिसिङको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

७८औँ मिनेटमा रेखाले नेपालबाट पाँचौ गोल गर्दै ६ हजार ६७३ समर्थकमाझ अग्रतालाई ९–० मा राखिन् । अनिता केसीले पेनाल्टी बक्सभित्रबाट निकालेको पासलाई रेखाले सदुपयोग गर्दै पोस्टको दिशा दिइन् ।

यस्तै, ८७औँ मिनेटमा प्रीतिले पेनाल्टी सदुपयोग गर्दै गोल गर्दा नेपालले अग्रतालाई १०–० मा पुर्‍याएको थियो । त्यसको अर्को मिनेटमै अमिषा कार्की नेपाली टिमका लागि ११औँ गोल गरिन् ।

NepalvsMaldives-(1)-1729517748.jpg
यसबाहेक, नेपालले खेलभर करिब एक दर्जन गोलका अवसर सिर्जना गरेको थियो । 

जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । नेपाल यसअघि पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध खेल्ने छ । यो खेल बिहीबार दशरथ रंगशालामै हुने तालिका छ ।

NepalvsMaldives-(2)-1729517743.jpg
दुई खेलमध्ये दुवैमा हार बेहोरेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको माल्दिभ्स यसअघि पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० ले पराजित भएको थियो ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro