site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन सुदूरपश्चिम रोयल्समा

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । उनको आगमनले एनपीएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहने सुदूरपश्चिम रोयल्सको विश्वास छ ।

दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी–ट्वान्टी आईमा ६ अर्धशतकसहित ४९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी–ट्वान्टी आईमा डेब्यू गरेका थिए ।

उनी स्कटल्यान्डको ओडीआई टोलीको पनि सदस्य हुन् । उनले २२ ओडीआईमा दुई शतक र दुई अर्धशतकसहित ७२१ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने एनपीएलमा आठ टोली सहभागी छन् । प्रतियोगिता मंसिर १६ गतेदेखि हुने तय भएको छ ।

सुदूरपश्चिम रोयल्सको टिम

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro