site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो जितको खोजीमा नेपाल, सावित्राले खेल्ने सम्भावना ! 

काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप–२०२४ को आफ्नो दोस्रो खेलमा मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । 

प्रतियोगिताको साविक उपविजेतासमेत रहेको नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा अप्रत्यासित नतिजासहित भुटानसँग गोलरहीत बराबरीमा रोकिएको थियो । आज घरेलु समर्थकमाझ नेपाललाई माल्दिभ्सले चुनौती प्रस्तुत गर्दै छ । 

आजको खेलमा नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) मैदान उत्रिने सम्भावना रहेको प्रशिक्षक राजेन्द्र तामाङले बताए । सावित्रा फ्रान्सेली महिला लिगको क्लबमा आवद्ध रहेका कारण उनले साफ च्याम्पियनसिपको पहिलो खेल गुमाएकी थिइन् । सावित्रा आइतबार राति नेपाल आइपुगेकी हुन् । उनलाई आरामका लागि पर्याप्त समय रहे पनि आजको खेलमा मैदान उत्रिने वा नउत्रिने भन्ने निर्णय भने सावित्राले नै गर्ने प्रशिक्षक तामाङले बताए । 

त्रिपुरेश्वसरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ । 

त्यसअघि आजैको पहिलो खेलमा भुटान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा नै हुने यो खेल दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ । 

प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै टिमको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् । समूह ‘बी’ मा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro