site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बराबरीमा रोकियो नेपाल 

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भएको हो ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो । यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार बेहोरेको इतिहास छ ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् । 

Dabur Nepal
NIC Asia

२४औँ मिनेटमा पुनः रश्मिले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मिले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन । 

त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रू बलमा सरु लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो । 

४०औँ मिनेटमा नेपालले गोलको अवसर खेर फाल्यो । रश्मिले राइट साइडबाट गरेको क्रसलाई अमिशा कार्की, सविता रानाले प्रयास गरेपनि गोल निकाल्न सकेनन् । 

दोस्रो हाफमा पनि नेपाली करिब आधा दर्जन सुन्दर अवसरको सदुपयोग गर्न सकेन । इन्जुरी समयमा सविता रानामगरले बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरिदा नेपालले अग्रता बनाउन सकेन ।

बराबरीसँग नेपाल र भुटानले समान एक अंक जोडेका छन् ।

प्रतियोगितामा नेपाल समूह 'बी'मा छ । यस समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro