site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईका थप फिचरहित ग्यालेक्सी एस२४ एफई नेपालमा सार्वजनिक 

काठमाडौं । सामसङ नेपालले नेपालमा ग्यालेक्सी एस२४ एफई सार्वजनिक गरेको छ । ग्यालेक्सी एआईको पछिल्लो संस्करणसहित सार्वजनिक भएको फोनले थप प्रयोगकर्तालाई प्रिमियम मोबाइल अनुभव प्राप्त हुने कम्पनीले बताएको छ ।

एआईमा आधारित प्रोभ्युजुअल इन्जिन एन्ड ग्यालेक्सी एआईको फोटो फोटो असिस्ट फिचरले फोनमा परस्कृत क्यामेरा र थप क्रियटिभिटी उपलब्भ एको कम्पनीले जनाएको छ ।

६.७ इञ्चको डाइनामिक अमोलेड टूएक्स डिस्प्ले रहेको फोन गेमिंगका लागि उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । ४७०० एएएचको ब्याट्रीसँगै फोनमा एक्जिनोस २४००ई सिरिजको चिपसेट छ । आइकोनिक डिजाइनसहितको फोन सामसङ नक्स सेक्युरिटीबाट सुरक्षित छ ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको टेलिफोटो र १० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको फोनमा एआईसहितको क्यामेरा र इडिटिंग सुविधा उपलब्ध भएको छ । जसमा जेनरेटिभ इडिट, पोट्रेट स्टुडियो, इडिट सजेसन र इन्स्टान्ट स्लो मोसनसहित सुविधा छ ।

एक्जिनोस चिपसेटले रे ट्रासिंग जस्ता फिचरसहितको गेमिंग अनुभव दिने कम्पनीको भनाइ छ । फोनको १.१ एक्स ठूलो भेपर च्याम्बरले कुलिंगमा मद्दत गर्छ ।

यसबाहेक एडभान्स एआई अनुभवसहितको ग्यालेक्सी एस२४ एफईमा सर्कल टु सर्च अर्थात् फोनमा गोलो गरेर गुगल सर्च गर्न सकिने, तत्काल फोन कल ट्रान्सलेट गर्न सकिने, अनुवाद गर्न सक्ने, ईमेलल कम्पोज गर्न मद्दत गर्ने र नोट बनाउनमा समेत मद्दत गर्ने जस्ता फिचर छन् । 

९४ हजार ९९ रुपैयाँदेखि उपलब्ध फोन किन्न कम्पनीले इन्स्टा फाइनान्स सुविधा पनि उपलब्ध रहेको बताएको छ । यस्तै ३ हजार रुपैयाँ बोनससहित फोन साँट्न मिल्ने सुविधा समेत रहेको कम्प्नीले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro