site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्जुरी समयमा सम्हालिन नसक्दा ऐतिहासिक नतिजाबाट चुक्यो पाकिस्तान 

काठमाडौं । खेलको निर्धारित समयसम्म अग्रता बनाए पनि इन्जुरी समयमा सम्हालिन नसक्दा साफ महिला च्याम्पियनसिप–२०२४ पाकिस्तान साविक विजेता बंगलादेशविरुद्ध ऐतिहासिक निकाल्नबाट चुकेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यी दुई टिमले १–१ को बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा पाकिस्तानलाई जमिना समिन मलिकले अग्रता दिलाएकी थिइन् । तर, सामसुनाहारले अन्तिम समयामा गोल फर्काउँदै बंगलादेशको हार टारेकी हुन् ।

PAK-BAAN-1729432169.jpg
दशरथ रंगशालामा खेलको अधिकांश समय बंगलादेशी आक्रमण झेले पनि पाकिस्तानले ३२औँ मिनेटमा गोल गरेको थियो । बंगलादेशी रक्षक अफिदा खान्डाकेरबाट भएको गल्तीको फाइदा उठाउँदै पाकिस्तानले अग्रता बनाएको हो । मैदानको मध्यभागबाट रमिन फरिदले निकालेको लामो क्रसलाई अफिदाले क्लियर गर्न सकिनन् । सोही बल नियन्त्रणमा लिँद मलिकले बंगलादेशी गोलकिपरलाई सहजै बिट गरिन् । यही गोलबाट पाकिस्तानले खेलको निर्धारित ९० मिनेटसम्म अग्रता बनाएको थियो । 

Bang-PAK-1729432170.jpg
तर, इन्जुरी समयमा सामसुनाहारले हेडर गोल गर्दै बंगलादेशलाई खेलमा फर्काइन् ।

यसबाहेक, खेलको ४३औँ मिनेटमा रितु पोर्ना चक्माको प्रहार बारमा लागेर फर्किँदा बंगलादेशले पहिलो हाफमै खेलमा फर्किने सम्भावना गुमाएको थियो ।

बराबरीसँगै दुवै टिमले समान एक अंक बाँडेका छन् । यी दुवै टिम समूह ‘ए’ मा छन् । यस समूहमा प्रतियोगिताकै सबैभन्दा सफल टिम भारत पनि छ ।

Bangaldesh-1729432170.jpg
पाकिस्तान यसअघि समूहको पहिलो खेलमा भारतसँग ५–२ ले पराजित भएको थियो । यता, बंगलादेशको भने यो पहिलो खेल हो ।

यसअघि सन् २०२२ मा बंगलादेशले दशरथ रंगशालामै पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

PAKK-ABB-1729432169.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro