site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेजर लिग सकरमा मेसीको पहिलो ह्याट्रिक, मियामीलाई कीर्तिमानी अंक 

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) इस्टर्न कन्फेरेन्सको अन्तिम खेलमा न्यु इंग्ल्यान्डविरुद्ध ६–२ को जित निकालेको छ । 

आइतबार बिहान भएको खेलमा मियामीलाई जित दिलाउन मेसीले ह्याट्रिक गर्दा लुइस स्वारेजले दुई र बेन्जामिन क्रेमास्चीले एक गोल थपे । एमएलएसको क्लब मियामीमा अनुबन्धित भएयता मेसीले लिगमा गरेको यो पहिलो ह्याट्रिक हो । यसअघि मेसीले अन्तर्राष्ट्रिय ब्रेकका दौरान अर्जेन्टिनाबाट बोलिभियाविरुद्धको खेलमा पनि ह्याटिक गरेका थिए । 

Dabur Nepal
NIC Asia

जितसँगै मियामीले ३४ खेलबाट ७४ अंक जोड्दै सपोटर्स सिल्डको उपाधि जितेको छ । एमएलएसको इतिहासमा कुनै पनि टिमले जोडेको यो हालसम्मको सबैभन्दा ठूलो अंक हो । यसअघि सन् २०२१ मा न्यु इंग्ल्यान्डले ७३ अंक जोड्दै यो कीर्तिमान बनाएको थियो । 

लिगमा मियामीबाट मेसी र स्वारेजले समान २० गोल गरेका छन् । मेसीले मियामीबाट १९ खेल खेल्दा १६ असिस्टसमेत गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro