site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५४ वर्षयताकै सबैभन्दा ठूलो वर्षाले ४६ अर्ब बराबरको क्षति
Tiktok banner adTiktok banner ad

काठमाडौं । असोज दोस्रो साता परेको ५४ वर्षयताकै सबैभन्दा ठूलो वर्षाले नेपालमा ४६ अर्ब रुपैयाँ बराबरको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले उक्त क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका हुन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को शुक्रबार बसेको १४औँ बैठकमा उनले उक्त जानकारी दिएका हुन् । 

५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित २५० जनाको मृत्यु भएको उनले बताए ।

नेपाल सरकारले उक्त विपद्‌बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ ।

भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनेलगायत विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठक शुक्रबार बसेको हो ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक जारी छ ।

बैठकमा उक्त मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बिमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकोप्टर व्यवस्था गर्नेसहित सात प्रस्तावमा छलफल हुनेछ । 

बैठकमा परिषद्का सदस्यहरू उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरूलगायत सहभागी छन् भने परिषद्को सदस्य रहेका प्रमुख विपक्षी दलका नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत उपस्थित छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro