site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रगत संकलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो
SkywellSkywell

काठमाडौं । डेंगीको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगी र चाडपर्वका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको कमी भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दसैँले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए । उनले अहिले डेंगी बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । 

KFC Island Ad
NIC Asia

उनले प्लेटलेटको माग दैनिक बढ्दै गए पनि दसैँ, तिहारजस्ता चाडपर्वले मानिस घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिन भइरहेको बताए । 

उनले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको बताए । गुप्ताले पीआरपीका लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । 

उनले एकजना बिरामीका लागि ७ वटासम्म पीआरपी माग हुने गरेको जानकारी दिए । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको उनको भनाइ छ । 

निर्देशक गुप्ताले डेंगी बढेका कारण पीआरपीको माग बढिरहेको भन्दै पीआरपीको माग सम्बोधन गर्न दैनिक रगत संकलन गर्नुपर्ने बताए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट उनले आग्रह गरे । न्युज एजेन्सी नेपाल ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro