site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाल पारि के छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पहिलो खण्ड : पर्यटन


सानैदेखि तनहुँको सिंपानीबाट मैले उत्तरको हिमाल देखें । मेरो त्यतिबेलाको संपूर्ण संसार भनेको तनहुँ, चितवन र काठमाडौं थियो । यसभन्दा टाढा मैले पाइला टेकेको थिइन । त्यही बेलादेखिको मेरो मनमा उत्सुकता थियो - हिमालपारी के छ?

मलाई लाग्यो - हिमालपारी पृथ्वी पनि सकिन्छ होला । तर जब विद्यालयमा अलि माथ्लो कक्षामा पढ्न थालियो पृथ्वी गोलो छ भन्ने थाहा भयो । त्यसपछि भोट र नेपालको सम्बन्धको बारेमा अझ अरू कुराजस्तै नेपालकी राजकुमारी भृकुटीले भोटका राजा स्रोङ्चन गम्पोसित बिहे गरेको इतिहास थाहा भयो । नेपाल र भोटको सम्बन्ध तथा लडाइको कथा बारे पनि जानकारी प्राप्त भो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यतिमात्र होइन, ‘ल्हासामा सुन छ, मेरो कान बुच्चै’ भन्ने उखान पनि खुब सुनियो । अनि ‘मुना मदनमा’ मदन काम गर्न भोट गएको गीती कथा पढियो र राष्ट्रिय नाचघरमा बाआमासित त्यसको गीती नाटक पनि हेरियो । त्यसैले भोट मेरो लागि अपरिचित त थिएन तर एउटा कल्पनाको भूमि थियो । मलाई त्यहाँको सबै कुरा थाहा भएको भ्रम थियो तर खास कुरा केही थाहा थिएन ।

जबसम्म आफू वरपरको भूगोल थाहा हुँदैन मानिसले संसार जति घुमे पनि केही महत्त्वपूर्ण कुरा जान्न र अनुभव गर्न छुटाउने रहेछ भन्ने यसपल्टको भोट भ्रमणपछि मैले अनुभव गरेँ । भोटबाट फर्केपछि मैले अहिलेको 'आधुनिक बुद्धि' एआईलाई सोधेँ - भोटको क्षेत्रफल र जनसंख्या कति हो ? भोट त विशाल रहेछ । नेपालको आठ गुनाभन्दा पनि ठूलो, बाह्र लाख बीस हजार वर्ग किलोमिटरमा फैलिएको भोटमा जनसंख्या चाहिँ सन् २०२० को जनगणनाअनुसार छत्तीस लाखभन्दा केही बढीमात्र रहेछ । त्यसमध्ये आठ लाख सत्तरी हजार ल्हासामा मात्र बसोवास गर्ने रहेछन् र त्यसपछि सिगात्सेमा आठ लाख मानिस बस्दा रहेछन् । अरू जनसंख्या भोटभर छरिएर बसेका रहेछन् । भोटको उचाइ नै सरदर समुद्रको सतहभन्दा ४५०० मिटर रहेछ ।

Royal Enfield Island Ad

यही भोट यात्राको लागि हामी भानुभक्त मेमोरियल विद्यालय र अस्कलमा सँगै पढेका साथीहरूको १४ जनाको समूह १७ भदौ २०८१ मा त्यसतर्फ जाने निश्चय केही महिना अगाडि नै गरेका थियौँ । भोट भ्रमणमा जाने भनेको अन्य ठाउँमा जानेभन्दा अलि भिन्न थियो र त्यसको तयारी पनि छुट्टै किसिमले गर्नुपर्ने हुन्थ्यो । फेरि हाम्रो भ्रमण पर्यटन र तीर्थयात्राको मिश्रण भएकोले यात्रा अगाडि केही किनमेल छुट्ला कि भनेर हामी बढी नै सतर्क थियौँ । जब जाने दिन नजिक नजिक आउँदै थियो हामी उचाइमा लगाउने लुगाको लागि ठमेलको पसलमा किनमेल र यात्रामा आवश्यक अन्य जरूरी सामान औषधीआदिको जोहो गर्न थाल्यौँ । यात्रामा लैजाने ब्याग र पछाडि बोक्ने झोला हामीलाई ट्राभल एजेन्सीले नै किनेर दिएको थियो । अरू सामानमा विशेष गरेर कैलास परिक्रमा गर्ने लक्ष्य रहेकोले ‘ट्रेकिङ सुज’, पञ्जा, फेदरवाला ज्याकेट, न्यानो ट्राउजर, एउटा सानो थर्मस आदि हामीले सूची नै बनाएर किनमेल गरेका थियौँ । यसरी उड्ने दिन १७ भदौमा हामी बिहानै ५ बजे काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ । अध्यागमनको काम सकेर हामी ७ बजे ल्हासा उड्ने हिमालय एयरमा बस्यौँ । जहाजमा हाम्रो टोली र अरू केही मानिसहरू थिए भने धेरै सिट खाली देखिन्थे । केहीबेरमै जहाज १ हजार ३३८ मिटर उचाइमा रहेको रनवेबाट उड्नका  लागि दौड्न थाल्यो ।

जहाजले उडेर उचाइ लिँदै गयो । अघिल्लो दिन पानी परेकोले आकाश खुलेको थियो, तैपनि जहाजको झ्यालबाट बादलका केही टुक्रा केही ठाउँमा दौडिरहेका देखिन्थे । बिस्तारै बिहानीको घामले सिंगारिएर टलक्क परेका हिमालहरू उत्तरतिर लहरै देखिन थाले । एकछिनपछि सगरमाथा, मकालु, ल्होत्सेका थुम्काहरू पनि जहाजको झ्यालको नजिकै देखिन थाले । मैले अरू धेरै हिमाल नचिन्ने भएकोले धेरैको नाउँ त लिन सकिन तर पनि हिउँको टाकुराहरूलाई छल्दै खोँचतिरबाट जहाज उत्तर पूर्व सोझिइरहेको थियो ।

मेरो लागि जीवनमा कहिल्यै अनुभव नगरेको एउटा रोमाञ्चक दृश्य थियो त्यो । केहीक्षण पछि त हिमालहरू दक्षिणतिर देखिन थाले, बिस्तारै तल तिब्बती पठार देखिन थाल्यो । रूखका बुट्यानहरू बिरलै देखिन्थे, अग्ला खुइलिएका काला पहाडका थुम्काहरू र त्यसको बीच बीचमा उपत्यका देखिदै गए ।

 ‘स्यन्याक्स सर’ भनेपछि म झसंग भएँ । एयरहोस्टेसले एउटा फ्रुटी, सानो डाइजेस्टिभ बिस्कुटको पोका र सानो पानीको बोतल दिएर गइन् । त्यत्रो महँगो टिकट काटेको जहाजमा दिएको खानेकुरा देखेर मनमनै मुर्मुरिए । त्यही पनि बिस्कुटको एउटा टुक्रा खाएँ र अलिकति पानी पिएँ । केहीछिनमै परिचारिकाद्वारा जहाज अवतरण गर्ने सूचना दिइयो र जहाजलाई निसङ्क्रामक बनाउन यात्रु बस्ने स्थान माथि ‘स्प्रे’ गरियो । अलिबेरमा पूर्व गइरहेको जहाज घुमाएर पश्चिम मोडियो र बिस्तारै हावामा तैरिँदै तलतिर झर्न थाल्यो । ब्रह्मपुत्र नदीको उपत्यकामाथिबाट हामी केहीबेरमै ल्हासा विमास्थलको ३ हजार ५७० मिटर उचाइमा अवतरण गर्‍यौँ । हाम्रो हवाई यात्रा एक घन्टा दस मिनेट जतिको भयो । लगभग काठमाडौं दिल्लीको हवाई यात्रजत्तिकै । ल्हासाको स्थानीय समय काठमाडौंको भन्दा दुई घन्टा १५ मिनेटअगाडि रहेछ ।

जहाजबाट बाहिर निस्केपछि हामी अध्यागमनको काम सकेर अगाडि बढ्यौँ र विमानस्थलबाट बाहिर निस्किने ठाउँमा पुग्यौँ । त्यँहा तैनाथ सुरक्षा गार्डले हामीलाई बाहिर जान दिएन । कुरो के रहेछ भने तिब्बत सुरक्षाको लागि संवेदनशील भूगोल भएकोले हाम्रो तिब्बती गाइड नआएसम्म हामीलाई बाहिर जान नदिने नियम रहेछ । केही समयपछि गाइड आइपुगे र सरकारी प्रक्रिया पूरा गरेर हामी गाइडसित बाहिर निस्कियौँ र हामीले भोट यात्राको लागि ‘रिजर्भ’ गरेको बसमा ल्हासा सहरतिर लाग्यौँ ।

विमानस्थलबाट ल्हासा सहरको दूरी लगभग ६० किलोमिटर रहेछ । ब्रह्मपुत्र नदी तरेर हामी ल्हासा नदीको किनार किनार ल्हासा सहरतिर दौडियौँ । मलाई पहिलोचोटि भोटको भूगोलको प्रत्यक्ष दर्शन मिलेको थियो र बसको झ्यालबाट बाहिर जे जे देखिन्छ सबै चाख मानेर हेर्दै गइरहेको थिएँ । बाटो दुई लेनको भएपनि स्तरीय थियो र सलल बगेको थियो । बस सरदर ६० किमीको गतिमा दौडिरहेको थियो र बाटोको किनारामा रूखहरू देखिन्थे । सायद पछि रोपिएको हुनुपर्छ । त्यसभन्दा पर कतै कतै गहुँ खेती गरिएका फाँटहरू थिए र अलि पर निर्जन पहाडका थुम्काहरू देखिन्थे ।

एक घन्टा जति पछि हामी ल्हासा सहर पुग्यौँ । हाम्रो बस भव्य पोताला दरबारको मुनिपट्टिको बाटो हुँदै सहर प्रवेश गर्दै थियो । पहिलोचोटि पोताला दरबार आँखाको सामुन्ने देख्दा हामी सबै मन्त्रमुग्ध भएका थियौँ र आफ्नो मोबाइलको क्यामेराले दरबारलाई कैद गर्न खोज्दै थियौँ । केही बेरपछि बस मध्यसहरको भारखोर स्ट्रिटको होटल साम्बाला अगाडि रोकियो जुन हामीले ल्हासा बस्नको लागि ‘बुक’ गरेको होटल थियो  । होटल रहेको ठाउँको उचाइ ३ हजार ६५० मिटर रहेछ । होटलको स्वागत कक्ष सबै पहेलो सुन जस्तै धातुले झिलीमिली थियो । त्यो सुन नै थियो कि सुनले लिपिएको थियो त थाहा भएन तर हेर्दा सुनभन्दा कम थिएन । होटलमा चेक इन गरेपछि हामी खाना खान त्यही होटल अगाडिको नेपाली रेस्टुराँमा गयौँ र नेपाली खाना खायौँ । खाना खाएपछि बाहिर निस्कियौँ ।

Plantation-on-the-road-side-along-highway-1729234073.jpg
 

सडकको पेटीमा लस्करै विद्युतीय स्कुटर पार्किङ गरिएको थियो । हाम्रो गाइडले ती सबै विद्युतीय स्कुटर सरकारको भएको बतायो । जसलाई चलाउन जरूरी हुन्छ उसले डिजिटल माध्यमले पैसा तिरेर स्कुटर सहरभित्रको अर्को गन्तव्यमा लान पाउने रहेछ । यो हाम्रो लागि नयाँ कुरा थियो । सहर पनि व्यवस्थित, सफा र फराकिलो पेटीहरू भएको रहेछ । हामी केहीबेर पछि ल्हासाको प्रख्यात चियापसल कामजुङमा चिया पिउन गयौँ । चियापसलभित्र धेरै स्थानीयहरू चिया पिउँदै भलाकुसारी गर्दै थिए । हामीले पनि चिया पियौँ । त्यहाँको विशेषता के रहेछ भने चिया सकिएपछि टेबलमा १ युआन (आरएमबी) राखेपछि अर्को कप चिया खान पाइने रहेछ । जति कप चिया खाने हो, पैसा थप्दै जाने चलन रहेछ र अन्तिममा साहुले आएर सबै पैसा लिएर जाने रहेछ । प्राय स्थानीयहरू यही पसलमा आएर भेटघाट गर्ने र चिया थप्दै खाँदै बस्ने रहेछन् ।

त्यसपछि हामी जोखाङ मन्दिर हेर्न भारखोर स्ट्रिटकै दक्षिणतिर लाग्यौँ । यो मन्दिर राजा स्रोङ्चन गम्पोले सातौं शताब्दखीमा बनाएका रहेछन् । मन्दिरभित्र भोटमा अति नै श्रद्दाले पुजिने जोवो शाक्यमुनिको मूर्ति रहेछ । जोवो शाक्यमुनि भनेको मोक्ष प्राप्त गर्नुअघिको युवा सिद्धार्थ रहेछन्  । हामी मन्दिरमा सुरक्षा जाँच गराएर र राहदानी देखाएर प्रवेश गर्‍यौँ । बेलुका पाँच जति बजे पनि आकाश खुला थियो र घाम निक्कै चर्को थियो । त्यहाँको तापक्रम २६ डिग्री सेल्सियस जति रहेको मोबाइलले देखाइरहेको थियो ।

त्यतिबेला हामी मन्दिर भित्र पसेनौँ । बाहिरबाट नै मन्दिरको परिक्रमा गर्‍यौँ र बेलुकाको ‘ट्राभल एजेन्सी’को स्वागत ‘डिनर’को लागि हामी बसेको होटलभन्दा ५ किमी जति पर सिफाङ रेस्टुराँ, चङ्दा स्ट्रिट तिर लाग्यौँ । भोटको संगीत सुन्दै त्यहाँको स्वादले भरिएको विभिन्न परिकारका ‘डिनर’ खाएर हामी राति आफ्नो होटलमा फर्कियौँ । फर्किदा बाटोमा रातको प्रकाशमा पोताला दरबार अति नै मनमोहक देखिएको थियो । होटलमा आइपुग्दा मेरो टाउको अलि अलि दुख्न थालेको थियो । मैले बुझिसकेको थिएँ - यो ल्हासाको उचाइसित मेरो शरीर अभ्यस्त नभएकोले नै हो । क्रमश...

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro