site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशारणलाइन तान्नेदेखि औषधि ओसार्नसम्म ड्रोनको प्रयोग !
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न काममा ड्रोनको प्रयोग बढ्दै गएको छ ।  हालै रसुवागढी आयोजनाको विद्युत प्रशारण लाइनको तार तान्न ड्रोनको प्रयोग भएको थियो ।

बाढी तथा प्राकृतिक प्रकोपका बेला अत्यावश्यक औषधि एवम् खानेकुराको आपूर्तिका लागि पनि ड्रोनको प्रयोग बढ्दै गएको छ । यसबाहेक मनोरञ्जन एवम् फोटो भिडियोका लागि पनि ड्रोनको प्रयोग बढ्दो छ ।

कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, भुगोल, कला संस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा, आमसञ्चारलगायत क्षेत्रमा अध्ययन अनुसन्धानका लागि ड्रोनको प्रयोग बढ्दै गएको भन्दै सरकारले मानवरहित हवाई उपकरण अथवा ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५ तयार पारेको थियो ।

कार्यविधिले जुनसुकै उद्देश्यले प्रयोगमा ल्याइएपनि ड्रोन नेपाल नागरिक उड्यन प्राधिकरणमा दर्ता गरी उडान उपकरण दर्ता नम्बर लिनुपर्ने व्यवस्था गरेको थियो ।

बनोट, आकार तथा तौलका आधारमा चार किसिमले वर्गिकरण गर्दै सरकारले विमानस्थलको ५ किलोमिटर आसपास उडान गर्न नमिल्ने लगायत सञ्चालन सम्बन्धी विभिन्न मापदण्ड समेत बनाएको छ ।

२ किलोग्रामसम्म तौल भएको ड्रोन अध्ययन अनुसन्धानका लागि शैक्षिक संस्थाहरुले र सरकारी निकाय तथा कार्यालयहरुले २०० फिटसम्म बिनाअनुमति स्थानीय प्रहरीलाई खबर गरी उडाउन पाउँछन् । यस्तै व्यक्तिगत रुपमा २५० ग्रामसम्म तौल भएको ड्रोन ५० फिट उचाइसम्म उडान गर्न अनुमति नचाहिने व्यवस्था छ ।

कस्ता ड्रोन दर्ता छन् नेपालमा

उडड्यन प्राधिकरणका अनुसार नेपालमा २५० किलोग्रामसम्म तौल भएका ए क्याटगोरीका २५६ ड्रोन दर्ता छन् । यस्तै २ किलाग्रामसम्म तौल भएका बी क्याटगोरीका ४५६ ड्रोन दर्ता छन् । यस्तै २५ किलोग्रामसम्म तौल भएका सी क्याटगोरीका १७ र २५ किलोग्रामभन्दा बढी तौल भएका ४ ड्रोन नेपालमा दर्ता छन् ।

हालसम्म नेपालमा विदेशीले ल्याएर प्रयोग गरी फिर्ता लगेको ड्रोन संख्या ४५८ रहेको प्राधिकरणको तथ्यांक छ ।

के कस्तो छ प्रयोग ?

नेपालमा दर्ता भएका ड्रोनको उद्देश्य मनोरञ्जन, फोटो भिडियोग्राफी र फिल्मिङ, अध्ययन तथा अनुसन्धान रहेको प्राधिकरणले जनाएको छ ।  यस्तै सामान डेलिभरी, कृषि, खोजी, उद्वार तथा मानवीय गतिविधि, निगरानी तथा निरीक्षण उद्देश्यका लागि प्रयोगमा छन् ।

विश्वमा ड्रोनको विकास र विस्तार व्यापक हुँदै गएको हुँदा नेपालमा पनि यसको प्रयोग बढ्दै गएको प्राधिकरण बताउँछ । रुस र युक्रेनबीचको युद्धदेखि इजरायलले गाजामा गरिरहेको आक्रमण र मध्यपूर्वको तनावमा पनि ड्रोनको प्रयोग भइरहेको छ ।

राम्रा मानवीय हितका कामदेखि विनास कार्यमा ड्रोनको प्रयोग विश्वभर बढ्दो छ ।  नेपालमा आफ्नै उत्पादन नभए पनि आयातित ड्रोनको प्रयोग विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।

चीनले हालै १० हजारभन्दा बढी ड्रोन आकाशमा विभिन्न आकृति बनाउन उडाएर विश्व कीर्तिमानी समेत राखेको थियो । सेप्टेम्बर २६ चीनले सेन्झेनको आकाशमा उक्त संख्यामा ड्रोन उडाएर रेकर्ड बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro