site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
करेन्ट लागेर एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

जलेश्वर (महोत्तरी) । गौशाला नगरपालिका–३, पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई किशोरी घाइते भएका छन् । 

मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।

आज बिहान खेतमा धान काट्न दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरूलाई करेन्ट लागेको थियो । स्थानीय विनोद महतोले जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । 

बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरू दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ । हाल उनीहरू स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कविहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro