site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्लाई दुवईलाई नेपालमा ‘सेभेन्थ फ्रिडम’, २४ गतेदेखि उडान गर्ने
SkywellSkywell

काठमाडौं । फ्लाई दुवईले नेपालमा ‘सेभेन्थ फ्रिडम’ पाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको भाषामा एक देशको कुनै विमानले अन्य देशको दुई विमानस्थलमा छुनुलाई ‘सेभेन्थ फ्रिडम अन एयर’ भनिन्छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले फ्लाई दुवईलाई नेपालमा ‘सेभेन्थ फ्रिडम’ दिएको हो । विशेषगरी गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनका लागि ‘सेभेन्थ फ्रिडम’ दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार, बाहिरका कुनै पनि वायु सेवाले दुईवटा एयरपोर्टमा टच गरेर उडान गर्नुलाई ‘सेभेन्थ फ्रिडम’ भनिन्छ । 

KFC Island Ad
NIC Asia

फ्लाई दुबईले कात्तिक २४ गतेदेखि दुवई–भैरहवा–भैरहवा–काठमाडौं हुँदै दुवई उडान गर्नेछ ।  विमानस्थल बनेको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र र विमानस्थल सञ्चालन गर्न  क्यानले उक्त सुविधा प्रदान गरेको हो ।

लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान नभएपछि गौतमबुद्ध विमानस्थलमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले २७ वटा कार्ययोजना ल्याएर कार्यान्वयन गरिरहेको छ । 
मन्त्रिपरिषदले साउन २८ गते पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि २७ बुँदे कार्ययोजना पास गरेको थियो ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाइ टिकटमा भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत लगायतका सुविधा छन् ।
 
साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । सरकारले आकर्षक प्याकेज ल्याएपछि अन्तराष्ट्रिय विमान कम्पनीहरूको चासो समेत बढेको छ । व्यवसायिक सञ्चालनको उद्देश्यसहित फ्लाई दुवई पनि भैरहवा उडान गर्न राजी भएको हो । 

फ्लाई दुवईले कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ ।  कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातैदिन फलाई दुवईले दुवई–भैरहवा र भैरहवा–काठमाडौं–दुवई उडान गर्न लागेको हो ।

फ्लाई दुवईको विमान दुवईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुवई जाने उडान तालिका छ ।  क्यानले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेर ‘ट्याक्सी वे’ निर्माण गर्दै छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको १४ घण्टा मात्रै सञ्चालन हुने भएपछि विन्टर सिजनको ३० प्रतिशत उडान भैरहवा र पोखरातर्फ पठाउने क्यानको योजना छ । 

भैरहवामा तीन अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान गर्ने निश्चित भएको छ ।  फ्लाई दुवई र जजिराले उडान मिति तय गरिसकेका छन् भने थाई एयर एसियाले उडानको मिति तय गर्न बाँकी रहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए ।

“हालसम्म फ्लाई दुवई र जजिरालेको उडान मिति निश्चित भइसकेको छ,” उनले भने, “थाई एयर एसियाले असोज असोज १६ गतेबाट त्रिभुवन विमानस्थलबाट उडान सुरु गरिसकेको छ । भैरहवा विमानस्थल परीक्षण गरेर गएका छन् । चाँडै उडानको मिति तय गर्लान् ।”

यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको जजिराले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको छ । कात्तिक १२ गतेदेखि जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।    

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गरेर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको छ । 

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर अनेक समस्या देखाएर बीचमा रोकेको थियो । कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ ।

त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले असोज १७ गते गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । 

भैरहवामा अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायलगायत तयारी पूरा भइसकेको जानकारी भुलले दिए । विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन् । उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ ।

पोखरा र भैरहवा विमानस्थल प्रभावकारी सञ्चालन गर्न प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित अनेक चरणमा बैठक भएका छन् ।  दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको छ ।

दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजनामा उल्लेख छ ।

पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि बि.सं. २०८३ भदौसम्म नलिने जनाइएको छ ।  उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । त्यही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro