site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमा एक सयभन्दा बढी कर्मचारीको दरबन्दी थपियो 
SkywellSkywell

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय र उसका निकायमा १०७ जना कर्मचारीको स्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
 
उक्त निर्णय अनुसार, लोक सेवा आयोगले रिक्त दरबन्दी परिपूर्ति गर्न असोज ३० गते सूचना समेत प्रकाशित गरिसकेको छ । 

“२०७२ सालदेखि परराष्ट्रमा अर्गनाईजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) सर्वेक्षण हुन सकेको थिएन । जसका कारण दरबन्दी थप गर्न सकिएको थिएन,” राईले बाह्रखरीसँग भने, “ओएण्डएमको रिपोर्ट आएपछि दरबन्दी थप गर्ने निर्णय भएको हो । यसले परराष्ट्रलाई थप सक्षम बनाउने विश्वास हामीले लिएका छौं ।” 

परराष्ट्रमा थपिएका दरबन्दीमा एक जना राजदूत, ११ सहसचिव, ३३ जना उपसचिव, ५ जना कम्प्युटर इन्जिनियर, ६२ जना शाखा अधिकृत, ४ जना नायव सुब्बा र १० जना सवारी चालक छन् । 

KFC Island Ad
NIC Asia

दरबन्दी थप गर्दा राज्यलाई वार्षिक ७४–७५ करोड रुपैयाँ ब्ययभार थपिने जानकारी उनले दिए । चालु आर्थिक वर्ष परराष्ट्र मन्त्रालयको बजेट साढे ५ अर्ब छ । 

परराष्ट्रअन्तर्गत हाल राहदानी विभाग, कन्सुलर सेवा विभाग छन् । यस्तै विदेशमा ३० वटा दूतावास, ३ वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० वटा नियोग परराष्ट्र मातहतमा छन् । पोर्चुगलमा यसै वर्ष दूतावास स्थापना गरेपछि नेपाली नियोगको कुल संख्या ४१ हुनेछ । 

दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा प्यासेफिक, उत्तरपूर्वी एसिया, पश्चिम एसिया तथा अफ्रिका, सामान्य प्रशासन, युरोप अमेरिका, क्षेत्रीय संगठन, नीति तथा योजना, यूएन, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रि कानून र शिष्टाचार महाशाखा छन् । 

नयाँ दरबन्दी थपिएसँगै परराष्ट्रले अब सार्वजनिक कूटनीति महाशाखा, डायस्पोरा महाशाखा र अन्तर्राष्ट्रिय कानुन महाशाखा थप गर्ने भएको छ । यस्तै युरोप, अमेरिका महाशाखालाई टुक्राएर युरोप महाशाखा र उत्तर तथा दक्षिण अमेरिका दुई वटा महाशाखा बनाउने प्रवक्ता राईले बताए । 

यस्तै दुई देशका तीन स्थानमा महावाणिज्य दूतावास खोल्ने तयारी पनि भइरहेको उनले जनाए । “अमेरिकाको टेक्सास र लस एन्जलस र युनाइटेड अरब इमिरेट्स (यूएई)को दुवईमा महाबाणिज्य दूतावास खोल्ने तयारीमा हामी छौं,” प्रवक्ता राईले भने । 

थप गर्न लागिएका तीन वटा महावाणिज्य दूतावासमा महावाणिज्यदूतको रुपमा परराष्ट्रकै सहसचिव पठाउने उनले जनाए । दरबन्दी थपिएका सहसचिवमध्ये तीन जनाको यिनै तीन वटा महाबाणिज्य दूतावासमा पोष्टिङ हुनेछ । 

सरकारले केही महिनाअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेको थियो । उक्त दूतावासमा एक जना राजदूत, एक जना उपसचिव, एक जना अधिकृत र एक जना नासुको दरबन्दी तोकिएको छ । “धेरै देशमा ठूलो संख्यामा नेपाली पुगेका छन् । उनीहरूलाई सहज रुपमा सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । यसैका लागि विदेशस्थित नेपाली नियोगहरूमा दरबन्दी थप गर्नु परेको हो,” परराष्ट्र प्रवक्ता राईले भने । 

परराष्ट्र मन्त्रालयअन्तर्गत हाल विदेशमा सञ्चालनमा रहेका ४० वटा नियोगमा कम्तीमा २५३ जना लोकल स्टाफ कार्यरत छन् । विदेशस्थित नियोगमा २३८ वटा स्थानीय कर्मचारीको दरबन्दी थियो । दरबन्दीभन्दा बढी लोकल स्टाफ राखिएको छ । 

दरबन्दी थप हुनुअघि पराष्ट्र मन्त्रालय र अन्तर्गतका निकाय तथा नियोगमा कुल ३२५ स्थायी दरबन्दी थियो । यो कूटनीतिक कर्मचारीको संख्या मात्र हो । यसमा स्थानीय कर्मचारी जोडिएको छैन । थप गरिएका दरबन्दी समेत जोड्दा अब परराष्ट्रअन्तर्गत करिब साढे चार सय स्थायी दरबन्दी हुनेछन् । 

हाल कायम स्थायी दरबन्दी अनुसार परराष्ट्र मन्त्रालयमा ९०, राहदानी विभागमा ४६, कसुन्लर सेवा विभागमा १३, वीरगन्जस्थित लियाजो अफिसमा २, सात वटा प्रदेश प्रमुखको कार्यालयमा एक÷एक जना गरी ७ जना, प्रधानमन्त्री कार्यलयमा एक जना र राष्ट्रपति कार्यलयमा दुई जना कूटनीतिक कर्मचारी रहने व्यवस्था छ । 

यस्तै, विदेशमा रहेका ४० वटा नेपाली नियोगमा १६४ स्थायी दरबन्दी छ । परराष्ट्र मन्त्रालयअन्तर्गत नेपालभित्र १६१ र विदेशस्थित नियोगमा १६४ स्थायी दरबन्दी छ । दरबन्दी थप गरिएसँगै अब यो संख्या बढ्ने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro