site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दल फुटाउने अध्यादेशको त्रास, संसद् बोलाउन समावेदन गर्दै 

काठमाडौं । विपक्षी गठबन्धनले दल फुटाउने अध्यादेश रोक्न संसद् बैठक बोलाउन समावेदन गर्ने भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरको विपक्षी दलका नेताको कार्यकक्षमा बसेको विपक्षी गठबन्धनको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष समावेदन गर्ने निर्णय गरेका हुन् । 

भदौ ३१ गतेदेखि संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको ३२औँ दिन विपक्षी गठबन्धनले समावेदन गर्ने निर्णय गरेको हो । 

साना दल फुटाएर नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने प्रयत्न भएको भन्दै विपक्षी गठबन्धनले समावेदनको तयारी गरेको हो । विपक्षी दलहरूले सम्भवत शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एक चौथाई सांसदको हस्ताक्षरसहित संसद्को अधिवेशन आह्वानका लागि समावेदन बुझाउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुकूल अध्यादेश जारी गर्दै साना दल फुटाउने तयारी गरेको चर्चासँगै विपक्षी गठबन्धनले समावेदनको निर्णय गरेको हो ।

सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई समेत डाकिएको बैठकबाटै यस्तो निर्णय भएको हो । ठाकुर भने समावेदन सहभागी नहुने निर्णय सुनाएर बैठकबाट बाहिरिएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro