site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिश्नोईलाई भारत सरकारले नै चलाइरहेको हो ? जो जेलबाटै संसारभर चर्चामा छन् 

काठमाडौं । पछिल्लो समय भारत र क्यानडाको सम्बन्ध चिसिनुमा एक मुख्य कारण मानिन्छन् भारतीय ग्याङस्टर लरेन्स बिश्नोई । गतवर्ष भारतीय मूलका क्यानडियन नागरिक हरदिप सिंह निज्जरको क्यानडामा हत्या भयो । 
यो हत्यामा भारत सरकारले आफ्ना सरकारी एजेन्टसँगै भारतीय ग्याङस्टर लरेन्स बिश्नोईको सहयोग लिएको क्यानाडको आरोप छ । यही घटनापछि भारत क्यानडा सम्बन्ध आफ्ना राजदूत फिर्ता बोलाउने स्तरसम्म पुगेको छ ।

दुई देशको सम्बन्धमै दरार ल्याउने लरेन्स बिश्नोई को हुन् ?

भारतको पञ्जाब राज्यका लरेन्स बिश्नोई यतिखेर गुजरात राज्यको साबरमती जेलमा छन् । तर, जेलबाट उनी आफ्नो आपराधिक दुनियाँ चलाउँछन् ।  गत साता बलिउड अभिनेता सलमान खानका मित्र बाबा सिद्दीको हत्यामा पनि बिश्नोईको नाम जोडियो ।

जेलभित्रैबाट आपराधिक गतिविधि गर्न सक्ने बिश्नोई यतिखेर भारतका ‘नम्बर वान गुण्डा हुन् ।  सन् २०२२ मा चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि भारतमा बिश्नोई ग्याङको दबदबा रहेको थाहा भयो ।

हत्या, फिरौती, लागुऔषधको कारोबारमा सामेल छन् बिश्नोई । सन् २०२३ मा राजस्थानमा करणी सेनाका प्रमुख सुखदेव सिंहको हत्या पनि बिश्नोई ग्याङले नै गराएको भनिन्छ । क्यानडमा भारत सरकारसँग मिलेर बिश्नोई ग्याङले खालिस्तानी नेता निज्जरको हत्या गरेको आरोप लागेपछि बिश्नोईको चर्चा भारतमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै भइरहेको छ ।

भारतीय समाचार माध्यमहरुका अनुसार ३२ वर्षका बिश्नोईको ग्याङमा करिब सातसय जना शुटर छन् ।  पञ्जाब, हरियाणा, र उत्तर भारतका विभिन्न क्षेत्रमा बिश्नोई ग्याङको दबदबा छ ।

बिश्नोईले सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई पनि मार्ने धम्की दिएका थिए । बिश्नोई ग्याङका मान्छेले सलमानको घर बाहिर गोली चलाएका थिए । त्यतिखेर बिश्नोईले मिडियालाई भनेका थिए, ‘सलमानलाई मारिन्छ । बल्ल सलमानलाई हाम्रो असली पहिचान थाहा हुन्छ ।’

सलमान खानमाथि कालो हरिण मारेको मुद्दा चलिरहेको छ । बिश्नोई समुदायले कालो हरिणको पूजा गर्छन् । बिश्नोई र सलमानको दुस्मनीको मुख्य कारण कालो हरिण हो । पछिल्लो समय भारतीय सञ्चार माध्यममा आएअनुसार बिश्नोईले सलमानलाई बिश्नोई समुदायसँग माफी माग्न भनेका छन् ।

सन् २०२२ को सेप्टेम्बरदेखि साबरमती जेलमा रहेका बिश्नोईले सलमानलाई मार्न भनेर यही वर्षको जुन महिना पनि सलमानको घर बाहिर गोलीवारी गरेका थिए ।

यसरी सुरु भयो बिश्नोईको अपराध यात्रा

बिश्नोईमाथि सबैभन्दा पहिला विद्यार्थी राजनीतिका दौरान हत्या प्रयासको आरोप लागेको थियो । 

सन् २०११ मा बिश्नोईले ‘स्टुडेन्ट अर्गनाईजेशन आफ पञ्जाब युनिभर्सिटी’ बनाएर विद्यार्थी राजनीतिमा प्रवेश गरे । विद्यार्थी राजनीतिमा उनले चुनाव हारे ।  त्यसपछि उनले हारको बदला लिन भनेर आफूलाई हराउनेमाथि गोली प्रहार गरे । भारतीय प्रहरीका अनुसार यहीबाट उनको आपराधिक यात्रा सुरु भएको हो ।

भन्ने गरिन्छ विद्यार्थी राजनीतिको चुनाव हारेपछि भएको लडाईंमा उनकी प्रेमिकाको हत्या भयो ।  त्यसको बदला लिन भनेर उनी थप आक्रामक भए । भारतीय प्रहरीका अनुसार अहिले उनको ग्याङसँग करिब ६० लाख हातहतियार छन् ।

उनी सन् २०१४ मा पहिलोपटक जेल गएका थिए । सन् २०१४ यताका अधिकांश समय उनी जेलमै छन् । सन् २०१५ देखि १७ को बीचमा उनी पञ्जाबको पटियाला जेलमा रहे । 

सन् २०१७ मा उनी धरौटीमा रिहा भए पनि प्रहरीले तुरुन्तै उनलाई अर्को मुद्दामा पक्राउ गर्‍यो ।  सन् २०१८ देखि २०२० को अवधिमा उनी दिल्लीको तिहाड जेलमा बन्द थिए ।  सन् २०२० देखि २०२१ को अवधिमा उनलाई पञ्जाबको जेलमा राखियो । सन् २०२१ पछि उनलाई राजस्थानको अजमेर जेलमा राखिएको थियो ।

पञ्जाब प्रहरीले सन् २०२२ मा बिश्नोईलाई सिद्धु मुसेवालाको हत्या आरोपमा पक्राउ गर्‍यो ।  त्यसपछि उनलाई मुम्बईको जेलमा लगियो । त्यहाँबाट लागु औषधको नेटवर्क चलाएको आरोपमा उनलाई गुजरातको साबरमती जेलमा राखिएको छ ।

बिश्नोईले आफ्नो जीवनको अधिकतम समय जेलमै बिताएका छन् । तर, अचम्म त के भने उनी जेलबाटै आफ्नो आपराधिक सञ्जाल चलाउँछन् । सन् २०१८ मा सलमान खानलाई मार्न भनेर बिश्नोईले एकजना सुटरलाई सुपारी दिएपछि चर्चित भएका थिए । 

ति सुटरले सलमान खानको घरमा गोली समेत चलाएका थिए । यसपछि उनी बलिउड दुनियाँमा समेत चर्चित भए । त्यसयता बिश्नोईले निरन्तरजसो सलमान खानलाई मार्ने धम्की दिइरहेका छन् । बिश्नोईको अन्तर्राष्ट्रिय अपराधीसँग पनि साँठगाँठ छ । 

मेक्सिको, इटाली र थाइल्यान्डमा समेत बिश्नोईले लागु औषध, हत्या, असुलीको धन्दा चलाउँछन् ।  पछिल्लो समय भारत सरकारले नै उनको ग्याङलाई भारतबाहिर रहेका भारत विरोधी गतिविधि गर्नेको हत्या गर्न प्रयोग गरिरहेको छ । 

विभिन्न सञ्चार माध्यमका अनुसार भारत सरकारकै संरक्षणमा उनले जेल भित्रैबाट आफ्नो ग्याङ सञ्चालन गरिरहेका छन् । बीबीसी 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro