site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढीपहिरोपीडितलाई राहत सामग्री प्रदान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढीपहिरोपीडितहरूलाई राहत सामग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढीपीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रतिपरिवार ३० केजी चामल, दाल र नुन दुई–दुई किलो, तेल दुई लिटर तथा साबुन चार वटा प्रदान गरिएको छ ।

Dabur Nepal
NIC Asia

असोज दोस्रो साता परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्ण रूपमा क्षति भएको थियो । कम्पनीले प्रतिघरपरिवार तीन बण्डल जस्तापाता र एक थान त्रिपाल स्थानीय तहका प्रतिनिधिको उपस्थितिमा वितरण गरेको हाे ।

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण विस्थापित ३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यन्न सामग्री पीडित परिवारलाई वितरण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलाप गरेको बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro