site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दिनमा झापादेखि बाँकेसम्म भएका तीन विभत्स हत्या, तुलसीपुर हत्या प्रकरणले लिएको ट्विस्ट
SkywellSkywell

काठमाडौं । असोज २८ गते दसैँको टीकाको दिन झापाको अर्जुनधारा नगरपालिका–३ का अधिकांश परिवार, आफन्त र मान्यजनबाट टीका थाप्दै थिए । दसैँको टीकाको दिन देश नै दसैँमय भएका बेला अर्जुनधाराबासीलाई पनि दसैँले नछुने कुरै थिएन ।

झापा प्रहरीले पनि दसैँ ढुक्कले मनाउन र केही परे तत्काल प्रहरीलाई खबर गर्न चाडपर्व सुरक्षालक्षित गस्ती टोली खटाएको थियो । चाडबाडका बेला जघन्य प्रकृतिका अपराध भन्दा पनि चोरीका घटना हुनसक्छन् भन्ने झापा प्रहरीको अनुमान थियो । प्रहरीले सोही अनुसारको गस्ती टोली खटाएको थियो ।

दिउँसो ३ः५० बजे झापा प्रहरीको कन्ट्रोल रुममा फोन आयो । कन्ट्रोल रुममा खटिएका प्रहरीलाई लागेको थियो, कसैले सामान्य घटनाबारे जानकारी गराउन फोन गरेको होला ।

KFC Island Ad
NIC Asia

प्रहरीले फोन उठाउँनासाथ आत्तिएका युवाले भने, अर्जुनधारमा एकजनाको हत्या भयो । झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जिप्रकाबाट एउटा टोली र इलाका प्रहरी कार्यालय अनारमनीबाट अर्को टोली परिचालन गरे ।

प्रहरीको टोली सूचना पाएको २० मिनेटभित्र घटनास्थल पुग्यो । घटना अर्जुनधारा नगरपालिका–३ दार्जिलिङ डाँडामा घटेको थियो । प्रहरी घटनास्थल पुग्दा महिलाको शव घरको आगनमै थियो । दार्जिङ डाँडाकै ४६ वर्षीय वीरबहादुर चौहानले श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका थिए ।

एसपी केसीका अनुसार वीरबहादुरले हतियार प्रहार गरेर मुनाको हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका उनलाई प्रहरीले सूचना पाएको एक घण्टापछि ३ः५५ मा सोही नगरपालिकाको जुकेखाडी जंगलबाट पक्राउ गर्‍यो । 

एसपी केसीका अनुसार सामान्य विवादका कारण मुनाको हत्या भएको हो । उनी भन्छन्, “विवाद ठूलो देखिँदैन । श्रीमती धेरै माइत जाने गरेको विषयमा विवाद हुदाँ धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको देखिन्छ ।” 

विजयादशमीको राति बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको समेत घाँटी रेटी हत्या भएको थियो । चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर एक घरको सेफ्टी ट्यांकीभित्र फेला परेको थियो । प्रहरीले चन्द्रबहादुरको हत्याको आरोपमा रोल्पा घर भई पिपिरी बहिनीको घरमा बस्दै आएका २७ वर्षीय अनिल परियारलाई पक्राउ गरेको छ ।

अनिलले कामीको हत्यापछि टाउको काटेर प्लासटिकको झोलामा बेरेर सेफ्टी ट्यांकीभित्र लुकाएको खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी आयुस जोशीले जानकारी दिए ।

पक्राउ परेका अनिलमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तुलसीपुर घटनाले जब ट्विस्ट लियो...
दाङको बबई गाउँपालिका–७ हापुरे बजारमा पनि टीकाकै दोस्रो दिन असोज २९ मा एकजनाको चक्कु प्रहारबाट हत्या भएको छ । 

भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भइ हापुरे बस्दै आएका २८ वर्षीय अनिल तामाङको चक्कु प्रहार गरी हत्या भएको थियो । प्रहरीलाई भने अनिलले आफैँले आफ्नो पेटमा छुरा हानेको सूचना प्रहरीले पाएको थियो । अनिल आमा बुवाबाट टीका थाप्न भन्दै दाङ पुगेका थिए । उनका आमाबुवाले भने हापुरे मै होटेल सञ्चालन गरेका छन् ।

अनिलकै बुवाले प्रहरीलाई अनिल आफैँले चक्कु प्रहार गरेको सूचना दिएका थिए । सोही सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीले अनिललाई उपचारका लागि अस्तपाल पठाएको थियो ।

तर, उनको अस्पताल पुग्नासाथ डाक्टर मृत घोषणा गर्‍यो । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरी आफैँ खटिएका थिए ।

ठकुरीले घटना शंकास्पद देखिएपछि अनिलका ३१ वर्षका सहोदर दाइ पूर्ण तामाङ र उनका बुवालाई समेत सोधपुछका लागि कार्यालय ल्याए । सोधपुछका क्रममा भने पूर्णबहादुरले अनिलको पेटमा आफूले नै चक्कु प्रहार गरेको स्वीकार गरे ।

पूर्णबहादुरले हत्याबाट जोगाउन आमाबुवा र छिमेकीलाई समेत अनिल आफैँले चक्कु रोपेको जानकारी गराएको खुलेको छ । पूर्णबहादुरकै जानकारीपछि उनका बुवाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको अनुसन्धानबाट अंशबण्डाको विवादका कारण दाजु पूर्णले अनिलको हत्या गरेको खुलेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro