site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनको ग्वाङ्झाउ सहरमा एक हप्तामा डेंगीका बिरामी ७३ प्रतिशतले बढे

काठमाडौं । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा एक साताको अन्तरालमा डेंगी ज्वरोका बिरामीको संख्या ७३ प्रतिशतले वृद्धि भएको छ । गत हप्ता ४३७ जना डेंगीका बिरामी देखिएका थिए, जसमध्ये ३६० स्थानीय र बाँकी आयातित थिए ।

ग्वाङ्झाउमा डेंगीमा गम्भीर बिरामी समेत देखिएका छन् । रोग नियन्त्रण र रोकथामको लागि स्थानीय केन्द्रका अनुसार अघिल्लो साता डेंगीका २५२ बिरामी देखिएका थिए । ग्वाङ्डोङ प्रान्तीय रोग नियन्त्रण अधिकारीहरूले गत दुई महिनामा लामखुट्टेबाट सर्ने रोगका घटनाहरूमा भएको वृद्धिलाई नजिकबाट नियालिरहेका छन् । 

अगस्टमा प्रान्तको रोग नियन्त्रण केन्द्रले आफ्नो मासिक प्रतिवेदनमा उच्च सतर्कता अपनाउन आह्वान गरेको थियो । यस वर्ष डेंगीका बिरामी वृद्धि भएपछि केन्द्रले सतर्कता अपनाउन भनेको थियो । 

त्यसपछि ग्वाङ्डोङमा डेंगीका बिरामीको संख्या लगातार वृद्धि भएको छ । अगष्टमा एक हजार २२० जनामा डेंगीको ज्वरो देखिएको थियो भने सेप्टेम्बर ३० देखि अक्टोबर ६ सम्म एक हजार ७७० जनामा डेंगी देखिएको थियो ।

यस वर्ष ग्वाङ्डोङमा डेंगीका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लोपटक गत वर्ष सेप्टेम्बरमा डेंगीका कारण चीनमा एकजनाको मृत्यु भएको थियो । त्यसयता डेंगीका कारण कसैले चीनमा ज्यान गुमाउनु परेको भने छैन । 

बढी खतरा रहेका क्षेत्रहरू ट्रयाक गर्न जारी गरिएको ग्वाङ्डोङको ‘लामखुट्टे नक्सा’ मा १० ठाउँमा बढी खतरा रहेको देखाइएको छ । सेप्टेम्बरको मध्यसम्म यो खतरा रहने जनाइएको छ । 

युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अनुसार २०२४ को सुरुआतदेखि हालसम्म विश्वभर एक करोड ३० लाखभन्दा बढी डेंगीका केसहरू देखिएका छन् । उक्त अवधिमा डेंगीका कारण विश्वभर आठ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेंगीका केसहरू सन् २०२१ यता प्रत्येक वर्ष लगभग दोब्बरले वृद्धि भएको भन्दै चेतावनी दिएको छ । गत वर्ष डिसेम्बरमा संगठनले डेंगीको आपत्कालीन प्रतिक्रिया स्तर ‘ग्रेड ३’ मा पुगेको जनाएको थियो, जुन यसको उच्चतम स्तर हो ।

अव्यवस्थित सहरीकरण, कमजोर सरसफाइ, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय यात्रा जस्ता कारणले डेंगी विश्वभर द्रुत रूपमा फैलिएको डब्लूएचओले बताएको छ । 

चिनियाँ भन्सारले पनि अक्टोबर ९ बाट लागु हुने गरी आयातित सामान र कन्टेनर, बन्दरगाह क्षेत्र र डेंगी ज्वरोका लक्षण देखिएका यात्रुको निगरानी गर्न आदेश जारी गरेको छ । साउथ चाइना मर्निङ पोष्ट 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro