site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बीएमडब्ल्यूले टोयोटासँग मिलेर हाइड्रोजन गाडी ल्याउँदै, ईभीको विकल्प बन्ला ?

काठमाडौं । जर्मन कार निर्माता बीएमडब्ल्यूले आफ्नो पहिलो हाइड्रोजन इन्धनको सवारी बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले टोयोटासँग मिलेर विकास गरेको फ्युल सेल टेक्नोलोजीको हाइड्रोजन गाडी बजारमा ल्याउने भएको हो ।

सन् २०२८ सम्म बजारमा उपलब्ध हुने यो पुरानै मोडेल हाइड्रोजन फ्युल सेल ड्राइभको विकल्पमा मिल्ने बीएमडब्ल्यूले जनाएको छ । कम्पनीले यस मोडेलको मूल्य र उत्पादन गर्ने युनिट संख्या पनि खुलाएको छैन ।

बीएमडब्ल्यूका सीईओ ओलिभर जिप्सेले यस गाडीले भविष्यको मोबिलिटीलाई आकार दिन प्रविधिमा भइरहेको विकासलाई झल्काउने दाबी गरेका छन् ।

Dabur Nepal
NIC Asia

टोयोटासँगको सहकार्यले गाडीको मूल्य कम गर्न र प्यासेन्जर कारमा प्रयोग गरिएको प्रविधि भविष्यमा व्यावसायिक सवारीमा पनि प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ । बीएमडब्ल्यू जर्मन कार निर्मातामध्ये हाइड्रोजन प्रविधिमा सबैभन्दा बलियो कम्पनी हो ।

लामो समयदेखि हाइड्रोजन प्यासेन्जर गाडीमा काम गरिरहेको बीएमडब्ल्यूको आईएक्स५ हाइड्रोजनले ५०० किलोमिटर रेन्ज दिन्छ भने तीनदेखि चारमिनेटमा रिफ्युल गर्न सकिन्छ ।

भविष्यमा कुन प्रविधिले प्रमुख प्रभुत्व बनाउछ भन्ने हिसाबले दुवै कम्पनीले ब्याट्रीसँगै फ्युल सेलमा पनि काम गरिरहेका छन् ।

फ्युल सेलका गाडीले ईभीमा जस्तै विद्युतीय मोटर प्रयोग गर्छन् । मोटर चल्ने पावर भने फ्युल स्ट्याकबाट आउँछ । त्यसमा क्याटलिस्टले हाइड्रोजनलाई अलग्याउँदै विद्युत् उत्पादन गर्छ ।

हाइड्रोजन इन्धनमा आधारित गाडी तुरुन्तै रिफ्युल गर्न सकिन्छ र यसको रेन्ज पनि बढी हुन्छ । महँगो र फ्युलिङ स्टेसन नेटकर्वकको अभावका कारण कम कार निर्माताले यस प्रविधि लगानी गरेका थिए ।

बीएमडब्ल्यूले सन् २०२८ सम्म हाइड्रोजन रिफ्युलिङ स्टेसनको पर्याप्त विकास हुने अनुमान गर्दै आफ्नो योजनाअनुरूप बजार विस्तार हुने अपेक्षा गरेको छ ।

अहिले विश्वभर विद्युतीय गाडीको बजार व्यापकरूपमा विस्तार हुँदै गएको छ । ब्याट्रीको आयु, बिग्रेपछि वा म्याद नाघेपछिको व्यवस्थापन, चार्ज गर्न लाग्ने समयलगायतले ईभीभन्दा उन्नत प्रविधिले यसलाई विस्थापित गर्ने ठानिएको छ । त्यसको विकल्प अहिलेका लागि हाइड्रोजन गाडी हुन सक्ने देखिएको छ । बीएमडब्ल्यू मात्रै नभएर हुन्डाई, टोयोटालगायत कार निर्माताले पनि हाइड्रोजन फ्युल सेलको विकासमा काम गरिरहेका छन् ।

हाइड्रोजन गाडीमा हाइड्रोजनलाई पेट्रोल भरेझैँ गाडीमा क्षणभरमै भर्न मिल्छ । यसको विकारका रुपमा पानी उत्सर्जन हुन्छ । हाल प्रविधि महँगो र हाइड्रोजनको व्यवस्थापन जटिल भए पनि भविष्यमा यो सहज हुँदै जाने र हाइड्रोजन गाडीले विशेष बजार बनाउन सक्ने अपेक्षा गरिएको छ ।

रोयटर्सबाट । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro