site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
म्यासेजिङ एप टेलिग्राम साइबर अपराधको हब बन्दै

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार म्यासेजिङ एप टेलिग्राम आपराधिक हब बनेको छ । इन्टरनेटबाट चोरिएका त्यसका प्रयोगकर्ताका डेटाहरू टेलिग्राममा बिक्री गर्ने गरिएको राष्ट्रसंघको रिपोर्टले देखाएको हो ।

राष्ट्रसंघको रिपोर्टअनुसार टेलिग्राममा क्रेडिट कार्ड विवरण, पासवर्ड र इन्टरनेट प्रयोगकर्ताका गतिविधि खुलेआम बिक्री हुन्छन् । राष्ट्रसंघको ‘अफिस अन ड्रग्स एन्ड क्राइम’ (यूएनओडीसी)को रिपोर्टअनुसार दक्षिण पूर्वी एसियामा ठूला आपराधिक समूहरूले टेलिग्राम एपको प्रयोग गरिरहेका छन् । यसले संगठित अपराधको परम्परागत तौरतरिकामा परिवर्तन आएको रिपोर्टमा लेखिएको छ ।

साइबर अपराधका लागि प्रयोग हुने उपकरणहरू जस्तैः नक्कली फोटो र भिडियो बनाउने डिपफेक सफ्टवेर । डेटा चोरीका लागि प्रयोग गरिने मालवेरहरू टेलिग्राममा व्यापक रूपमा किनबेच हुने गरेको रिपोर्टले देखाएको छ । टेलिग्राममा यी सामानको कारोबारका लागि अवैध क्रिप्टोकरेन्सीको प्रयोग गर्ने गरिन्छ ।

रिपोर्टअनुसार दक्षिण पूर्वी एसिया ठगी स्किमहरूको प्रमुख केन्द्र बनेको छ । यहाँका ठगहरूले विश्वभरका मान्छेलाई आफ्नो निशाना बनाउने गरेका छन् । यस्ता समूहले गोप्य स्थानमा कार्यालय खोलेर मानव तस्करीका माध्यमबाट श्रमिक ल्याउने गरेको पनि रिपोर्टले खुलाएको छ । यूएनओडीसीको रिपोर्टअनुसार यो ठगी उद्योगले वार्षिक रूपमा २७.४ अर्बदेखि ३६.५ अर्ब डलर आम्दानी गर्छ ।

यूएनओडीसीका अनुसार १० भन्दा अधिक डिप फेक सफ्टवेर सेवा उपलब्ध गराउनेहरूका मुख्य ग्राहक दक्षिण पूर्वी एसियामा रहेर ठगी र धोकाधडी जस्ता आपराधिक गतिविधिमा सामेल समूहहरू छन् ।

बाल यौनशोषण र आपराधिक सामग्री नियन्त्रण गर्न नसकेको आरोपमा अगष्ट महिनामा टेलिग्रामका कार्यकारी निर्देशक पावेल दुरोभ फ्रान्सको राजधानी पेरिसमा पक्राउ गरेका थिए । पक्राउ परेपछि जमानतमा रिहा भएलगत्तै उनले कानुन कार्यान्वयन गर्ने निकायले टेलिग्राम प्रयोकर्ताको डेटा मागेमा आफू उपलब्ध गराउन तयार रहेको बताएका छन् । यसका साथै गैरकानुनी गतिविधिका लागि टेलिग्राममा प्रयोग हुने फिचर्स पनि हटाउने वाचा गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro