site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सवारी दुर्घटनापछि... 
Dabur Nepal
NIC Asia

काठमाडौं । सवारी दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
 
प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । उनीसँगै बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

यही असोज २६ गते साँझ काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय राम घाइते भएका थिए । 

सवारी चालक विष्टले घाइतेलाई काठमाडौं मेडिकल कलेज पुर्याएर फरार भएका थिए । घाइते रामको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro