site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
फाइल तस्बिर ।

सिमकोट । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । 
 
तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए । आज नेपालगन्जदेखि तारा एयरले एकपटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान समेत ढुवानी गरेका थिए । 

“मंगलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छ”, प्रमुख लामाले भने । 

नेपालगन्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनको भनाइ छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro