site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
उषा
Dabur Nepal
NIC Asia

निस्पट्ट अँध्यारोमा
अल्मलिएको अवस्थामा
मुस्कुराउँदै
धरतीमा देखा पर्छिन्
उषा 
दुःखको पहाडबाट
झरेर बनेका
दुःखैदुःखका आहालहरूमा
जाकिएको बेला
सहारा बन्न आइपुग्छिन्
उषा

उषाको खोजीमा 
कहिले कता
कहिले कता
भौँतारिरहन्थेँ
उन्नति–प्रगतिको नाममा 
तड्पिएर
संघर्ष गरिरहन्थेँ
तिमी त हृदयमै रहिछौ
खुसी भएर
मनभित्रै बहने
आत्माभित्रको
परमात्मा भएर बग्ने 
आँसुका घुड्काहरू पिएर
बाँच्ने मलाई
भवसागरबाट पार लगाउन
तिम्रो सृष्टि भएको रहेछ
धरतीलाई घाम र जून 
चाहिन्छ भनेर उज्यालो छर्न
तिम्रो आगमन भएको रहेछ ।

(दिङ्ला, भोजपुर)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro