
काठमाडौं । प्रा. डा. गोविन्दराज भट्टराई र पर्यासाहित्यमा क्रियाशील विजय हितानलगायत साहित्यकारले ‘प्रथम नेपाली पर्या निबन्धसंग्रह’ र हितानको कविताकृति ‘मलाई आर्यघाटमा लगेर नजलाउनू’ सार्वजनिक गरे ।
शनिबार (जेठ १७) काठमाडौंमा आयोजित कार्यक्रममा पर्या साहित्यकार हितानको पहलमा केही समयअघि आयोजित पर्या निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका भवानी खतिवडालाई प्रमाणपत्रसहित ५० हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरियो ।
प्रतियोगितामा द्वितीय भएका हरिबोल काफ्लेले ४० हजार रुपैयाँ पाए । तेस्रो भएका गोविन्द गोपाल खतिवडाले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा प्रा. डा. अभि सुवेदी, प्रा. डा. भट्टराई, डा. गीता त्रिपाठी, डा. अशोक थापा, साहित्यकार हितान र अश्विनी कोइरालालगायत व्यक्तिले बोलेका थिए ।