विदेश
काठमाडौं । उत्तरी वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाल चलाएको गोली लागेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले चार युवाको शव सहरको सरकारी अस्पतालमा लगिएको जनाएको हो । नाब्लुसका गभर्नर घसान डघलासले हत्याको निन्दा गरेका छन् ।
यसैबीच, फतह आन्दोलनले चार मृतकहरू आफ्नो सशस्त्र शाखा, अल–अक्सा सहिद ब्रिगेडका सदस्य रहेको बताएको छ । १२ महिनादेखि इजरायल र प्यालेस्टाइनबीच हिंसा बढेको बेला यो घटना भएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्