site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।

श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तै ,दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । अब नेपालले यही असोज २४ गते  किर्गिस्तानसँग खेल्नेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro