काठमाडौं । यो वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र रुभकुनले संयुक्त रूपमा पाएका छन् । उनीहरूले मानव शरीरमा हुने माइक्रो आरएनएले कसरी कोषिकाहरूलाई नियन्त्रण गर्छ भन्ने विषयमा गरेको अनुसन्धानका निम्ति नोबेल पुरस्कार पाएका हुन् ।
माइक्रो आरएनए साना अणुहरूको समूह हो, जसले मानव शरीरका कोषिकाले निर्माण गर्ने प्रोटिनको मात्रा नियन्त्रण गर्छ । कोषिकाहरूले जिनलाई चालु र बन्द गरे प्रोटिन निर्माणको काम गर्छन् ।
यी दुई अनुसन्धाताले एक मिमिभन्दा सानो माइक्रो आरएनएमार्फत कसरी बहुकोषीय जीवको शरीरमा नयाँ कोसिकाको विकास र जिन विनियमन हुन्छ भन्ने अनुसन्धान गरेका थिए । माइक्रो आरएनएले जिनको काम गर्ने तरिका नियन्त्रण गर्छ । यो अनुसन्धानले वैज्ञानिकलाई जिन नियन्त्रण गर्ने नयाँ तरिका देखाएको छ । एजेन्सी