site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिसिङः केटी हराएको सूचना’को पोस्टरमा के देखियो ? 

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा रेलको लिकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ देखिएका छन् । 

पृष्ठभूमिमा फिल्मका अर्का कलाकार दुरा सञ्जय गुप्ता रातो रंगको हिरो होण्डा मोटरसाइकलमा छन् । सञ्जयको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ । 

कात्तिक ३० गते रिलिज हुने चलचित्रलाई दीपेन्द्र गौचनले निर्देशन गरेका छन् । स्क्रिप्ट पनि उनी स्वयंको हो । 

चलचित्रमा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डललगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro