site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पानीको बहाब घटेपछि कोसी ब्यारेजको मर्मत गर्न थालियो

इनरुवा (सुनसरी) । यही असोज ११ र १२ गते सप्तकोसीमा आएको बाढीबाट क्षति पुगेको कोसी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।  

पूर्वी पहाडी जिल्लामा अत्यधिक वर्षा भएपछि कोसी ब्यारेजमा पानीको बहाब प्रतिसेकन्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोसीको पानी कोसी ब्यारेज माथिबाट बग्न थालेको थियो ।

बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोसी नदीमा पानीको बहाब क्रमिकरूपमा घट्दै गएको छ । पानीको बहाब घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको तिवारीले बताए । कोसी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए ।

अहिले कोसी ब्यारेजमा पानीको बहाब घटेर प्रतिसेकेन्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro