site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नौ महिनामा भित्रिए आठ लाख पर्यटक, भारतीय पर्यटक घटे
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ । 

KFC Island Ad
NIC Asia

अगष्टको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका  छन् । चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए ।  

सेप्टेम्बारमा भारतबाट २२ हजार ९८४ र अगष्टमा २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा ६ हजार ६१४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए । 

मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्ट पाँच हजार ६ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलंकाबाट सेप्टेम्बरमा चार हजार ९१५ र अगष्टमा चार हजार ८५१ पर्यटक नेपाल आएका थिए ।
    
बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार ३१४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार ९०७ र सन् २०१९ मा ९२ जार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार १६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro