site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शाओमीको दसैँ अफर : स्मार्टफोन किन्दा हरेक दिन बड्स, वाचदेखि थाइल्यान्डको ट्रिप मिल्ने

काठमाडौं । शाओमीले दसैँको अवसरमा ‘दसैँको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन किन्दा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । 

यस अफर योजनाअन्तर्गत हरेक दिन पाँचजना भाग्यशाली विजेताले रेड्मी बड्स ५ ए जित्ने कम्पनीले बताएको छ । अन्य चारजना विजेताले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । 

Dabur Nepal
NIC Asia

क्याम्पेनको मुख्य आकर्षणका रूपमा हरेक दिन एकजना विजेताले थाइल्यान्डको ट्रिप पाउने भएका छन् । 

यो अफर असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिद लागु हुने भएको छ । फोन खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एसएमएसमार्फत पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दसैँको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउदा उत्साहित भएको बताएका छन् ।  

यसबाहेक ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा कात्तिक ३० गतेसम्म चार हजार रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro