site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘१२ गाउँ’को ट्रेलर !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । ट्रेलर युट्युबको मुभी सेक्सनअन्तर्गत एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । 

ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै मुभी सेक्सनअन्तर्गत एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । युट्युबको समग्र सेक्सनमा भने बिहान १० बजे ९ नम्बर ट्रेन्डिङमा छ । 

असोज २४ गते रिलिज हुने चलचित्रको हिजो ट्रेलर सार्वजनिक भएको थियो । एक्सनपूर्ण सिनले भरिएको ट्रेलरमा विराज भट्ट र समीर भट्टको एक्सन छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ट्रेलरमा समीरको सिक्सप्याक्ड बडी शो गरिएको छ । विराज र समीर बुवाछोरा हुन् । चलचित्रमा सिनेमाका मुख्य कलाकार पनि अटाएका छन् । 

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेव्यु गरेका छन् । 

Royal Enfield Island Ad

विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । 

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro