site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
भारतका यी भूभागबाट बाहिरियो मनसुन, नेपालमा कहिलेसम्म ?
SkywellSkywell

काठमाडौं । यो वर्ष नेपालबाट मनसुन (पानी पार्ने प्रणाली) औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

यो वर्ष मनसुन ढिलो गरी बाहिरिने निश्चितजस्तै रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । अक्टोबर २ सम्म मनसुन बाहिरिने सम्भावना नरहेको उनले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

“औसत मिति अक्टोबर २ सम्म मनसुन बहिर्गमन हुने सम्भावना त्यति छैन,” उनले बाह्रखरीसित भने, “त्यही भएर थोरै केही दिन ढिला हुन सक्ने देखिन्छ ।”

महाशाखाकै अर्का मौसमविद् मीनकुमार अर्यालले पनि नेपालबाट मनसुन बाहिरिन अब हप्ता–१० दिनजति लाग्न सक्ने उल्लेख गरे । “मनसुन कमजोर हुँदै छ । मनसुन बाहिरिन हप्ता–१० दिनजति लाग्छ,” उनले भने, “पश्चिमी वायु मजबुत हुँदै छ, पूर्वी वायु कमजोर हुँदै छ ।”

नेपालमा सुदूरपश्चिम प्रदेशबाट क्रमशः मनसुन बाहिरिन सुरु गर्छ । जुनमा यसको प्रवेश कोसी प्रदेशबाट हुन्छ । र, क्रमशः सुदूरपश्चिमसम्म फैलन्छ । नेपालमा करिब चार महिना मनसुनी वायुको प्रभाव रहन्छ ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने स्पष्ट पारे । “मनसुनको विथड्रल (बहिर्गमन)चाहिँ अलिकति ढिला हुन्छ जस्तो देखियो संकेत,” उनले भने, “भारतबाट बाहिरिँदै सुदूरपश्चिममै आइपुग्नलाई पनि अझै लगभगलगभग चार–पाँच दिन लाग्नेजस्तो देखियो ।”

अधिकारीका अनुसार, भारतको राजस्थानबाट मनसुन बाहिरिन सुरु गर्छ । त्यहाँबाट क्रमशः नेपालमा सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन थाल्छ । भारतका केही ठाउँमा सेप्टेम्बर २३ बाटै मनसुनको बहिर्गमन सुरु भएको अधिकारीले बताए ।

हालसम्म भारतका राजस्थान, हरियाणा, पन्जाब र जम्मु कस्मिरका केही भागबाट पनि मनसुन बाहिरिइसकेको विज्ञ उप्रेतीले जानकारी दिए । “हिमाञ्चल प्रदेशसम्म पुग्नलाई दुई–तीन दिन लाग्ने भनेको छ । दुई–तीन दिन हिमाञ्चल प्रदेशमा लाग्ने भएपछि के हुन्छ भने, हामीकहाँ आइपुग्न अरू दुई–तीन दिन लाग्ने हुनाले अबको चार–पाँच दिनमा मात्रै सुदूरपश्चिममा बाहिरिने क्रम सुरु हुन्छ,” उनले भने ।

यस हिसाबले अनुमान गर्दा घटस्थापनाको दोस्रो वा तेस्रो दिन मात्र सुदूरपश्चिमबाट मनसुन बाहिरिने सम्भावना हुन्छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकानुसार, गत वर्ष (सन् २०२३) अक्टोबर १५ मा नेपालबाट मनसुन बाहिरिएको थियो । २०२२ मा अक्टोबर १६ मा मनसुन बाहिरिएको थियो । २०२१ मा अक्टोबर ११ मा नेपालबाट मनसुन बाहिरिएको थियो ।

देशभरबाट मनसुन एकैपटक बाहिरिँदैन । सुदूरपश्चिमबाट क्रमशः कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेश हुँदै मनसुन बाहिरिन्छ । आउँदो फूलपातीसम्म काठमाडौंभन्दा पश्चिम नेपालबाट मनसुन बाहिरिने सम्भावना विज्ञ उप्रेतीले सुनाए ।

“समग्र नेपालको हिसाबले अक्टोबरको १२/१३ तिर मात्रै बाहिरिने अवस्था देखिन्छ,” उनले भने, “अक्टोबर १२ भनेको हाम्रो दसैँ हो यसपालि । त्यो हुँदाखेरि दसैँकै हाराहारीमा या दसैँ (टीका)को एक दिनअगाडि या एक दिनपछाडि मात्रै कोसी प्रदेशबाट बाहिरिने सम्भावना देखियो ।”

बुधबार (भोलि) र बिहीबार (पर्सि) फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, खतरायुक्त वर्षा नहुने उनीहरूको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro