site stats
बाह्रखरी :: Baahrakhari
खेल
रग्बीबारे जानकारी दिन 'नो योर गेम' आयोजना 

काठमाडौं । नेपाल रग्बी संघ र एनएसजेएफ एकेडेमीले एसिया रग्बी सेभेन्सको अवसर पारेर रग्बीको 'नाे याेर गेम्स'को आयोजना गरेका छन् । कार्यक्रम प्रतियोगिताकै हस्पिटालिटी पार्टनर लेमन ट्री होटल, बूढानीलकण्ठको व्यवस्थापनमा आयाेजना गरिएकाे हाे ।

पत्रकारहरूलाई रग्बी खेलबारे थप जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा ३० पत्रकार सहभागी थिए ।

Argakhachi Cement Island Ad

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी सेभेन्स दशरथ रंगशालामा आयोजना हुँदै छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्ने छन् ।

प्रतियोगिता सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान पाउने छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्