site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले कोषमा आर्थिक सहयोग स्वरुप एक करोड प्रदान गरेको थियो । त्यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले कोषमा २५ लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो ।

बैंकले देशैभरका आफ्ना १८८ वटा शाखा कार्यालय, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro