site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमका कर्मचारीको विरोध प्रदर्शन, अध्यक्ष भन्छन्– नियमावली सच्याउँदै छौँ 

काठमाडौं । नेपाल वायु सेवा निगमका कर्मचारीहरूले व्यवस्थापनविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । अन्याय र विभेद भएको भन्दै सोमबार निगम परिसरमा विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत क्याबिन क्रुहरूले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन् ।

निगमका ५० कर्मचारीले सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरेका हुन् । सर्वोच्चले गत वर्षको पुस २३ गते कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशको अवहेलना गर्दै ‘क्याबिन क्रु’लाई अवकाश दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो । निगमभित्रका १७२ जना ‘क्याबिन क्रु’ (एयरहोस्टेज) अन्यायमा परेको भन्दै गत वर्षको पुस १८ गते न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीहरूमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो ।

कर्मचारीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटी भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न सुझावपत्र दिएका थिए । सर्वोच्चमा समेत यो विषयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारबाही थालेको थियो ।

सोमबार निगम परिसरमा कर्मचारीहरूले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर पाइँदैन जस्ता प्ले कार्ड समेत बोकेका थिए । निगमभित्रको अनियमितता, भ्रष्टाचार र वेथितिबारे राज्यका अन्य निकायले छानबिन गरिरहेका बेला कर्मचारीमाथि विभेद सार्वजनिक भएको हो ।

उता नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी भने आफू ‘क्याबिन क्रू’ को विषयमा निगमले तयारी गरिरहेको बताए । निगमले कर्मचारीकै मागअनुसार आफ्नो विनियमावली सच्याउनको लागि अध्ययन गरिरहेको उनले बताए । उनले भने, “अदालतमा विचाराधीन मुद्दा नटुंगेसम्म बीचैमा हामीले चलाउन पनि मिल्दैन ।”

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro