site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकाका अधिकांश नदीमा बाढी
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश नदीमा बाढी आएको छ । बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको हो । 

वाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरको छ । अन्य नदी तथा खोलामा पनि बाढी आएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले रातिसम्मै उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्