site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेश हमालको ‘नरसिंहाः अवतार’को शुभमुहूर्त

काठमाडौं । नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बालाजुस्थित एनएफडीसी स्टुडियोमा बिहीबार सिनेमाको मुहूर्त गरिएको हो । यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुव्र न्यौपानेले संयुक्त रूपमा ‘नरसिंहा : अवतार’ निर्माण गर्दै छन् । एक्सन तथा सोसल ड्रामामा निर्माण गरिने यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाहलगायत कलाकारको अभिनय रहनेछ ।

आउँदो फागुन १४ गते शिवरात्रिका दिन सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्रबाट आठ वर्षपछि हमालले ‘कमब्याक’ गर्दै छन् । यसैमार्फत अभिनेताद्वय हमाल र खनाल ३० वर्षपछि एकसाथ चलचित्रमा काम गर्दै छन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज गरिएको सिनेमा ‘सडक’मा सँगै काम गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro