site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नदी किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्चकाे फैसलाविरुद्ध प्रदर्शन

काठमाडौं । उपत्यकामा नदी किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ । 

खोला/नदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।

उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

संघर्ष समितिका संयोजक सुमन सायमीले खोला/नदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए । 

मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरवलोकन निवेदन दिएको छ ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro